पाठाहरुलाई दुध खुवाउँदै

हिमाली आयोजनाको अनुदान सहयोगमा डाफन नेपाल प्रा.ली.ले सञ्चालन गरेको दोलखाकै सबै भन्दा ठूलो डाफन नमूना ब्यवसायिक बङ्गुर फार्ममा रहेको बङ्गुर पाठाहरुलाई दुध खुवाउँदै । यस फार्ममा हाल विभिन्न जातीका ६२ वटा बÂङ्गुर रहेका छन् । तस्वीर : गोकर्णप्रसाद भण्डारी, दोलखा

दुर्लभ प्रजातीको कछुवा

शुक्लाफाँटा राष्टि्य निकुञ्जको अर्जुनी क्षेत्रमा शुक्रबार देखा परेको दुर्लभ प्रजातीको कछुवा । तस्वीर : राजेन्द्रप्रसाद पनेरु

दतिवन केलाउँदै ९९ वर्षीया वृद्धा

गोरखा नगरपालिका-६ दरबारमार्गकी ९९ बर्षिया यमकुमारी अर्याल शुक्रबार ऋषीपञ्चमीका लागि दतिवन केलाउँदै। तस्विरः प्रशन्‍न पोखरेल, गोरखा

तीजमा भगवान शिवको पूजा (तस्विर)

हरितालिका (तीज) का अवसरमा वीरगन्जको अलखिया मन्दिरमा बिहीबार भगवान शिवको पूजाआराधना गर्दै व्रतालु महिला । तस्बिर स् बिजयकुमार महतो, पर्सा

कपाल आतङ्क पश्चात साेसल मिडियामा भाइरल भएका यी तस्विरहरू

कपाल आतङ्क पश्चात साेसल मिडियामा भाइरल भएका यी तस्विरहरू याे पनि पढ्नुहाेस् मोरङमा समेत कपाल आतङ्क, यस्ताे रहेछ रहस्य यसले काट्दो रहेछ तराईका महिलाको कपाल, जनकपुरमा हेर्नेको भीड !

तस्विरमा माथिल्लो तामाकोशी

दोलखाको लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाको बाँधस्थल । तस्बिर :  गोकर्णप्रसाद भण्डारी, दोलखा

भाइरल बन्दै, सबैलाई रुवाउने यी तस्विर…. (फाेटाे फचर सहित)

सप्तरी / सप्तरीको कोइलाडी वार्ड नम्बर ६ का आठ वर्षीय कमल सदाको मृत्यु भएपछि उनका आफन्तले गाड्ने ठाउँ कतै भेटेनन् । परम्पराअनुसार बालकलाई पुरेर अन्तिम संस्कार गर्नुपर्ने थियो ।   माटोमा गाड्ने ठाउँ नभएपछि उनका काकाले कोशीमा बगाइदिएका छन् । यस्तो दर्दनाक अवस्थालाई युरोपियन फोटो एजेन्सी (इपीए) का फोटो पत्रकार नरेन्द्र श्रेष्ठले आफ्नो क्य...