दाङखोलामा फसेको गाडी

म्याग्दीको दरवाङ धारापानी ताकम मुना सडक अन्तरगत देविस्थान र धारापानीको सिमानामा पर्ने दाङखोलामा बाढी आएपछि फसेको गाडी । पुल नहुँदा सो सडकमा यातायातका साधन सञ्चालनमा समस्या भएको छ । तस्विर : सन्तोष गौतम, म्याग्दी

तस्विरमा बल्खु आगलागी

बल्खु कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा गए राति ११ बजेतिर भएको भीषण आगलागी । आगलागीमा करिब ४० घर नष्ट ।

तस्विरहरूमा सखिया नृत्य

वडा दशैंका दिन गुरुवा कहाँ टिका थाप्न जाँदा सखिया नृत्य देखाउदै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका थारु युवती । सखिहरु मिलेर नाचिने यो नृत्य दशैंका अवसरमा मात्र देखाउने गरिन्छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

सुनसान काठमान्डाैं

हिन्दुहरुको महान चाड बडादशै नवमीको दिन माइतीघर तीनकुने सडकमा देखिएको दृश्य । तस्बिर : रोशन सापकोटा

बलि चढाउन राखिएका राँगा

बैतडीको प्रसिद्घ निङ्गलाशैनी भगवती मन्दिरमा बिहीबार महाष्टमीका दिन बलि चढाउन राखिएका राँगा । सुदूरपश्चिमका अधिकाँस जिल्लाका शक्तिपीठहरुमा बिहीबार राँगा तथा बोकाको बलिसहित पूजा हुँदैछ । तस्बिर : विनोद सिंह विष्ट/बैतडी

फूलपाती बढाइ कार्यक्रममा कवाज प्रस्तुत गर्दै (१३ तस्विरहरू)

बडादसैको अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुडिखेलमा आयोजित फूलपाती  बढाइ कार्यक्रममा कवाज प्रस्तुत गर्दै । तस्बिर : रत्न श्रेष्ठ

गुरुजी पल्टन

घटस्थापनाकोदिन गोरखादरवारमा विधिवत रुपमा राखिएको जमरा पूmलपातिको दिन गोरखावाट ल्याएको जमरा जमल ,असन इन्द्रचोक हुदै काठमाडौंको हनुमाढोका लैजाँदै गुरुजी पल्टनका सेनाहरु । तस्बिर : प्रदीपराज वन्त

जोखिपूर्ण यात्रा

जोखिपूर्ण यात्रा गर्दै लमजुङका यात्रुहरु । वडा दशैको लागि घर फर्कने यात्रुहरुको चापका कारण ग्रामिण क्षेत्रमा पुग्ने सवारीहरुमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । तस्विर : सन्देश पौडेल, लमजुङ