थाली नृत्य

मालीका गाउँपालिकाको दरवाङमा आयोजित म्याग्दी प्रवासी नेपाली संघ (मोना)को दोस्रो महाधिवेशनको अवसरमा मगर समुदायको मौलीक थाली नृत्य प्रस्तुत गर्दै कलाकारहरु । तस्वीर : सन्तोष गौतम, म्याग्दी

रिपर जडान गरी धान काटदै (तस्विरहरू)

कञ्चनपुरको जोनापुरका किसान पावर टिलरमा रिपर जडान गरी धान काटदै । आधुनिक कृषि उपकरणको प्रयोग गर्न थालेपछि किसानलाई कृषि कार्य गर्न सहज भएको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

दार्चुलाको लिपुलेक क्षेत्र (तस्विरहरू)

दार्चुलाको व्याँस गाउँपालिका १ स्थित नेपाल–चीन सीमा स्तम्भ १ लिपुलेक क्षेत्र । दार्चुला–तिंकर सडक विस्तारको कामले गति लिन नसक्दा ओझेलमा परेको धार्मिक तथा पर्यटकीयस्थल लिपुलेक पुग्न दार्चुला सदरमुकामबाट पाँच दिनको पैदलयात्रा गर्नुपर्दछ । तस्बिर : विनोदसिंह विष्ट, बैतडी

चरेर कोशी तर्दै गाईगोरु

कोशी टप्पुमा चरेर सप्तरीको हनुमानगर कंकालनीबाट कोशी नदी तर्दै गाईगोरुको बथान । तस्बिर : अरुण कुमार यादव, राजबिराज

स्वर्ग खप्तड पर्यटकीय क्षेत्र (तस्विरहरू)

सुदूरपश्चिमको स्वर्ग खप्तड पर्यटकीय क्षेत्रमा रहेको त्रिवेणी धाम, केदारधारा, केदार नदी । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

मकैको झुत्तो (तस्विर)

पाल्पा जिल्लाको रम्भा गाउँपालिकाको हुँमिनमा घरको बार्दलीमा राखिएको मकैको झुत्तोहरु । वन्यजन्तु र पानीबाट जोगाउनका लागि घरमा मकै राख्ने चलन रहेको छ । तस्वीर : कृष्ण दर्नाल , पाल्पा

पुनहिलमा पर्यटक (तस्विरहरू)

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ स्थित पुनहिलमा सूर्योदय र हिमशृङ्खला अवलोकनका लागि पुगेका पर्यटक । पुनहिलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । तस्बिर : सन्तोष गौतम, म्याग्दी

उद्धारगर्दै नेपाली सेना (तस्विरहरू)

मुस्ताङ जिल्लाको मुक्तिनाथका दर्शन गरी फर्कने क्रममा कागबेनीमा भएको ग१ख ५५२९ कोे बस दुर्घटनामा परेको घाइते तथा मृतकको उद्धारगर्दै नेपाली सेनाको श्री बज्रदल गणका उद्धार टोली । उक्त बस दुर्घटनाहुँदा तीन जनाको मृत्यु हुनुको साथै २० जना घाईते भएका थिए । तस्वीर : नेपाली सेना

सिन्धुलीगढी (तस्विरहरू)

सिन्धुली कमलामाइ नगरपालिकाको सिन्धुलीगढीमा रहेको अंग्रेजसँग युद्ध गर्न बनाइएका गढी र दरबारको भग्नावशेष । तस्बिर : रत्न श्रेष्ठ