पब्जी खेलमा प्रतिबन्ध कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौँ / सर्वोच्च अदालतले अनलाइन खेल पब्जीमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले आज अनलाइन खेल पब्जीमाथि प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, ‘खेल प्रसारणमा रोक लगाउने गरी काठमाडौँ जिल्ला अदालतबाट गत चैत २७ मा...

फोरजी सेवा देशभर विस्तार गरिने

काठमाडौँ / नेपाल टेलिकमले जतिसक्दो चाँडो फोरजी सेवालाई देशव्यापीरुपमा विस्तार गर्ने भएको छ । देशभर सातै प्रदेशमा सेवा फोरजी सेवा विस्तारका लागि तीन वटा सम्झौता सम्पन्न भएको प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयो । प्रबन्ध निर्देशक अधिकारीका अनुसार कम्पनीले फोरजी÷एलटीइ आयोजना, मध्यपहाडी लोकमार्ग अप्टिकल फाइबर आयोजना, एफटिटीएच सेवा विस्...

पब्जी खेल प्रतिबन्ध विरुद्ध रिट

काठमाडौँ / अनलाइन खेल पब्जीमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । अधिवक्ताहरु प्रवीण सुवेदी, विकास थापा, अनुराग सुवेदी, सुवास पाठक, रितेश पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय लगायतलाई विपक्षी बनाई दायर रिटमा पब्जीमाथि प्रतिबन्धको नि...

चुम्बकीय क्षेत्र गहन हुँदा सूर्यमा दाग

काठमाडौँ / केही दिनयता सूर्यको माथिल्लो भागमा चुम्बकीय क्षेत्र गहन हुन गई दाग देखिएको ‘नेपाल एस्ट्रोनोमिकल सोसाइटी’ले जनाएको छ । सूर्यमा यस्तो हुँदा सामान्य अवस्थाभन्दा चुम्बकीय गतिविधि हजार गुणा बढी हुन गई उक्त स्थान अरु भागभन्दा अँध्यारो हुने गरेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । अँध्यारोपछि सूर्यमा दाग देखिने गरेको छ । यस...

सामाजिक सञ्जाललाई करको दायरामा ल्याऊ : महालेखा

काठमान्डाैं / पछिल्ला वर्षहरुमा सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण दूरसञ्चार सेवा प्रदायकको आम्दानीमा समेत असर परेको छ । इन्टरनेटको सहज पहुँच तथा सामाजिक सञ्जालको अत्यधिक प्रयोग तथा निर्बाध रुपमा सञ्चालन भइरहेका छन् । भाइबर, फेसबुक, म्यासेन्जर, स्काइप, ह्वाट्स एप, वि च्याट, इमोजस्ता एप्लिकेशन नेपालमा सञ्चालन भइरहेका छन् । ती एप्लिकेशनले नेपा...

’बैशाख ’१ गते’ मात्रै फूल्ने यो फूलको यस्तो छ रहस्य ?

लहानदेखि पूर्व–पश्चिम लोकमार्गको चार किलोमिटर पश्चिममा पर्छ– फूलबारी चोक । नेपालमा जलवायु परिवर्तनले धरै वनस्पति लोप भएको र मौसमअनुसार नफुल्ने र नफल्ने दाबी भइरहेको अवस्थामा पनि सिरहाको यो रूखमा भने वैशाख १ गतेकै दिन फूल फुल्दै आएको छ । पहिले भोटियाटोल भनेर चिनिने उक्त चोकदेखि करिब आधा किलोमिटर पैदल यात्रा गरेपछि नौ बिघा क्षेत्रफलमा फैलिएको पुरानो ...

नेपालमा पब्जी खेलमाथि प्रतिबन्ध

काठमाडौँ / सरकारले पब्जी खेलमाथि प्रतिबन्ध लगाएको छ । इन्टरनेटको प्रयोग गरी खेलिने श्रव्यदृष्य खेल (भिडियो गेम)ले समाजमा नकारात्मक असर पारेको भन्दै उक्त खेलमा प्रतिबन्ध लगाइएको हो । नेपाल दूरसञ्चार प्राधिकरणका सूचना अधिकृत सन्दीप अधिकारीले खेल प्रतिबन्धका लागि सबै इन्टरनेटप्रदायक कम्पनीलाई आजै परिपत्र गरिसकेको जानकारी दिनुभयो । उक्त खेलमाथि वि...

नेपाल टेलिकमको ‘चितुवा वर्ष’

काठमाडौँ / “यस वर्ष नेपाल टेलिकमका लागि ‘चितुवा वर्ष’ हुनुपर्छ”,थान्को लागेर बसेका नौ दश परियोजना यसै साल सञ्चालन गर्ने भनेर जमर्को गरिएको सन्दर्भ कोट्याउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भन्नुभयो, “जसभित्र तपाईँहरु सबैको कल्याण छ, देशको अनि संस्थाको पनि कल्याण छ ।” नेपाल टेलिकममा क्रियाशील नेपाल दूरसञ्चार कर्मचारी सङ्घ र ने...

टेलिकमको भ्वाइस सेवा : सस्तो देखि निःशुल्क कल सम्म

करिव २० वर्ष अघि नेपालमा सेलुलर मोबाइल फोन बोक्ने मानिस एकजना पनि थिएनन्, तर आज बाटोमा निस्केर सोध्ने हो भने मोबाइल नबोक्ने मानिस एक जना भेट्न पनि मुश्किल पर्ला ।नेपाल टेलिकमले २०५६ साल बैशाखमा मुलुकमा नै पहिलोपटक जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको थियो । त्यसवेला मोबाइल सेवाको मुल्य तुलनात्मक रुपमा महंगो पर्ने भएकाले शुरुका केही वर्षसम्म यस सेवा...

हावाहुरीका कारण पाँचसय बिटिएसमा क्षति

काठमाडौँ / नेपाल दूरसञ्चार प्राधिकरणले हावाहुरी प्रभावित क्षेत्रमा तत्काल दूरसञ्चार सेवा उपलब्ध गराउन दूरसञ्चार सेवा प्रदायकलाई निर्देशन दिएको छ । आइतबार साँझ आएको हावाहुरीका कारण ती जिल्लामा ५०० बढी मोबाइलका बिटिएस टावरमा क्षति पुगेको छ । बिटिएस टावरमा क्षति पुगेका कारण ती जिल्लामा दूरसञ्चार सेवा अवरुद्ध भएको छ । प्राधिकरणका कायममुकायम अध्यक्ष...