सर्वोच्चको आदेशपछि सिजी टेलिकम तत्काल सञ्चालन रोकियो

काठमाडौँ / सर्वोच्च अदालतको आदेशपछि उद्योगपति विनोद चौधरीको लगानी रहेको सिजी टेलिकम तत्कालका लागि सञ्चालन नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा र न्यायाधीश ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले आज सिजी टेलिकम सञ्चालन गर्न गत पुस १० गते जारी गरेको अन्तरिम आदेश खारेजी गर्ने निर्णय गरेपछि सो टेलिकम सञ्चालन नहुने भएको हो । सो टेलिकमका...

यस्ताे छ नेपाल टेलिकमको ‘विन्टर अफर’

काठमाडौँ / नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक ‘विन्टर अफर’ उपलब्ध गराएको छ । उक्त अफर अन्तर्गतको सेवा आजदेखि लागू भई आगामी चैत २८ गतेसम्म लिन सकिने व्यवस्था गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । यसअघि उपलब्ध ‘अटम अफर’ अन्तर्गतका सेवामा केही थप सुविधा उपलब्ध गराएर सो अफर ल्याइएको छ । सोअन्तर्ग...

पहिलो ‘फिक्कल महोत्सव’ हुने

काठमाडौँ / सिन्धुलीको खाङ्साङमा आगामी माघ २ गतेदेखि पहिलो ‘फिक्कल महोत्सव’ हुने भएको छ । फिक्कल डाँडाको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । ‘सडक, शिक्षा र बिजुली फिक्कलको पूर्वाधार, कृषि, वन र पर्यटन समृद्धिको मूल आधार’ भन्ने नाराका साथ महोत्सव हुन लागेको हो ...

टेलिफोन टावर माग गर्दै उपल्लो डोल्पाका जनप्रतिनिधि सिंहदरबारमा, आगामी जेष्ठसम्म माग पूरा हुन्छ : सञ्चारमन्त्री

डोल्पा / टेलिफोन टावर स्थापना गर्ने माग लिएर दुर्गम हिमाली जिल्ला डोल्पाका जनप्रतिनिधि सिंहदरबार पुगेका छन् । उपल्लो डोल्पामा बस्ती रहेदेखि गाँउघरमै टेलिफोनको सुविधा उपभोग गर्न नपाएका जनताको माग लिएर आफूहरु सिंहदरबार पुगेको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसी टुण्डुप गुरुङले जानकारी दिनुभयो । सदरमुकाम दुनैदेखि उत्तरी क्षेत्रमा पर्ने डोल्पो बुद्ध...

नेपाल टेलिकमको बेलबारी कार्यलय गाईगोठमा परिणत (८ तस्विरहरू )

बेलबारी । मोरङको बेलबारी ३ मा रहेको नेपाल टेलिकमको कार्यलय गाईगोठमा परिणत भएको छ । कार्यलय रहेको स्थानमा बुधबार पुग्दा कार्यलय परिसरमा १ सय भन्दा बढी गाईबस्तु बाँधिएका थिए । गाईगोठकै रुपमा परिणत भएको सो स्थानमा टेलिकमका तार देखि महत्वपुर्ण सामानहरु गोबरले पुरिएका थिए । सो स्थानमा रहेको टावर केही बर्षअघि नै हावाले लडाईसकेको थियो । टावरको कुनै सामानह...

काठमान्डाैंमा ‘क्यान इन्फोटेक’ मेला हुने

काठमाडौँ / सूचना, तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी माघ १५ देखि २० गतेसम्म ‘क्यान इन्फोटेक २०१९’ आयोजना हुने भएको छ । ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एशोसिएशन विथ ई सेवा’ नाम दिइएको सूचना प्रविधिसम्बन्धी मेलाको कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासङ्घले आयोजना गर्न लागेको हो । भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा ६ दिनसम्म...

विराटनगर सुविसु क्यान इन्फोटेकमा अफर र छुट जारी

विराटनगर स्थित जैन भवनमा जारी सुविसु क्यान इन्फोटेक २०१९ मा अवलोकनकर्ताको आकर्षण बढेको छ । इन्फोटेकमा कम्पनीहरुको छुट, अपर र अन्य आकर्षणहरुले पनि अवलोकनकर्तालाई लोभ्याएको छ । आज अन्तिम दिन भएकोले धेरैजनाले सहभागिता जनाउने आयोजकको अपेक्षा छ । क्यान महासंघ मोरङ शाखाको मुख्य आयोजना तथा लिभिङ विथ आइसिटीको सहआयोजनामा विहिवारदेखि जारी इन्फोटेकमा सहभागी ...

बिराटनगर इन्फोटेक: रोबोवारमा कसमस विजयी

बिराटनगर / इन्फोटेकको आकर्षणको रुपमा रहेको रोबोवार शुक्रवार आयोजना भएको छ । विभिन्न १५ बढि समुहहरुको सहभागिता रहेको कार्यक्रमको उदघाटन विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले गरे । उदघाटनमा रोबोट प्रतिस्प्रधा गर्दै क्यान मोरङ अध्यक्ष राजन यादवलाई पराजित गरेका थिए । उनले अब सूचना प्रविधिको युग भएकोले युवाहरुको आकर्षण बढिरहेको बताए । महानगरले...

विराटनगर इन्फोटेकमा अफैर अफर, अवलोकनकर्ताको भिड (तस्विरहरू सहित)

विराटनगर / विराटनगर स्थित जैन भवनमा जारी सुविसु क्यान इन्फोटेक २०१९ मा अवलोकनकर्ताको आकर्षण बढेको छ । शुक्रवार र शनिवार इन्फोटेकमा दशौ हजारले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । शनिवार स्मार्ट सिटी विषयमा कन्फ्रेन्स सम्पन्न भएको छ । काठमाण्डौबाट आउनुभएका प्रो.डा. मनिष पोखरेल, मडिन्द« अर्याल, तुषार न्यौपाने लगायतले डिजिटल गर्भनेन्स तथा स्मार्ट सि...

यस्ता छन् विराटनगर सुविसु क्यान इन्फोटेक २०१९ का आकर्षणहरू (फाेटाेफिचर सहित)

विराटनगर / क्यान महासंघ मोरङ शाखाको मुख्य आयोजना तथा लिभिङ विथ आइसिटीको सहआयोजनामा विहिवारदेखि सुविसु क्यान इन्फोटेक इन एसोसिएसन विथ म्याकक्याफे २०१९ क्यान इन्फोटेक सुरु भएको छ । पहिलो दिन इन्फोटेकमा उल्लेख्य संख्यामा अवलोकनकर्ताहरु आएको आयोजकले जानकारी दिएको छ । पहिलो दिन नै अवलोकनकर्तालाई कम्पनीहरुले प्रडक्ट तथा सेवाहरुमा छुट र अफरहरु प्रदान ...