स्याङ्जा २ मा नेपाली कांग्रेसका धनराज गुरुङको अग्रता कायमै

स्याङ्जा / स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले १६९२ मतसहित अग्रता कायम गरेका छन् । उनले पछिल्लो मतगणनाअनुसार ६ हजार ६२५ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार पद्मा अर्यालले ४ हजार ९३३ मत पाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले एक हजार ८७५ मत  प्राप्त गरेका छन् । 

बाजुरामा १२औँ दिनमा मतगणना

धनगढी / निर्वाचन सम्पन्न भएको १२ दिनपछि बाजुरामा मत गणना सुरु भएको छ । बुधबार निर्वाचन आयोगले मंसिर ४ गते खसेको मतलाई गणना गर्न निर्देशन दिएपछि बाजुरमा आज दिउँसो पौने ४ बजे देखि मत गणना सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार नै सवैदलिय बैठक बोलाएको भएपनि नेकपा एमालेका प्रतिनिधिको सहभागिता नभएपछि आज बिहान मात्रै सर्वदलिय बैठक बस...

नयाँ सरकार कांग्रेसकै नेतृत्वमा बन्छ : शेखर कोइराला

मोरङ, १५ मंसिर । कांग्रेस नेता शेखर कोइरालाले नयाँ सरकार कांग्रेसकै नेतृत्वमा बन्ने बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा  पाँच दलीय गठबन्धनले नै कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बनाउने बताएका हुन् ।  कांग्रेसभित्रै आधा दर्जन नेता प्रधानमन्त्रीको आकांक्षी देखिएका बेला उनले कसको नेतृत्वमा बन्ने भन्ने विषयमा भन...

बाजुरामा मतगणना सुरु हुँदै

काठमाडौं / निर्वाचन भएको ११ दिनपछि बाजुरामा मतगणनाको तयारी भएको छ । एमाले र कांग्रेसबीच विवादका कारण बाजुराको मतगणना रोकिएको थियो । विवादका कारण बुढीनन्दा नगरपालिकामा मतदान स्थगित भएको थियो । १० मंसिरमै पुनः मतदान भए पनि गणना भएको थिएन । बुधबार निर्वाचन आयोगले स्याङ्जा २ र बाजुरामा पुनः मतदान गर्नु नपर्ने निर्णय गर्दै मतगणना अघि बढाउन निर्वाचन अ...

स्याङ्जा-२ मा धनराज गुरुङको अग्रता, एमालेकी अर्याल १३ सय मतले पछि

काठमाडौं / स्याङ्जा २ मा पछिल्लो मतपरिणामअनुसार कांग्रेसका धनराज गुरुङले अग्रता लिइरहेका छन् । कांग्रेस उपसभापति समेत रहेका गुरुङले ६,०६५ मतसहित अग्रता कायम गरेका हुन् ।  यस्तै, एमाकी उम्मेदवार पद्मा अर्यालले उनलाई पछ्याइरहेकी छन् । अर्यालले पछिल्लो मतपरणाम अनुसार ४,७६५ मत प्राप्त गरेकी छन् । कांग्रेस उम्मेदवार गुरुङले एमालेकी अर्याललाई १,३०० मत...

दोलखामा शान्तिपूर्ण रूपमा मतदान जारी

काठमाडौं / दोलखामा शान्तिपूर्ण मतदान चलिरहेको छ । ४ मंसिरमा भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका क्रममा विवाद उत्पन्न भएपछि रोकिएकोमा बिहीबार पुनः मतदान भएको हो । बिहान ७ बजेखि नै सुरु भएको मतदान अहिले शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको निर्वाचन आयोगले जनाएको छ । विभिन्न १० वटा मतदान केन्द्रमा जारी निर्वाचनमा हाल झण्डै ३४ प्रतिशत मत खसेको पनि...

स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन

काठमाडौं / स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने भएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले गणना सुचारू गर्न निर्देशन दिएको छ । एमालेले यी दुवै स्थानमा पुनः मतदान गर्नुपर्ने भन्दै आयोगमा ज्ञापनपत्र बुझाएको थियो । एमाले महासचिव शंकर पोखरेल नेतृत्वमा गएको टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर स्याङ्जा २, बाजुरा, दोलखा, उदयपुर १, म...

हिमाल शर्माले भने- बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔं

काठमाडौं / प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ मतगणना जारी छ । खसेको एक करोड नौ लाखमध्ये बिहीबार दिउँसो १२ बजेसम्म एक करोड मतगणना भइसकेको निर्वाचन आयोगले जनाएको छ । मतगणनाको नतिजाअनुसार २७ लाख मतसहित एमाले पहिलो स्थानमा छ । २५ लाख ५९ हजारसहित नेपाली कांग्रेस दोस्रो स्थानमा छ । माओवादी तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी चौथो र राप्रपा पाँचौं स्था...

बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज आयोगको बैठक बस्दै

काठमाडौं / बाजुरा र स्याङ्जा २ मा रोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रक्रिया अगाडि बढाउन आज निर्वाचन आयोगको बैठक बस्ने भएको छ । बाजुरा र स्याङ्जामा पुनः मतदान वा मतगणना सुरु गर्ने विषयमा आयोगले आज निक्यौल निकाल्ने भएको छ । यी दुई निर्वाचन क्षेत्रमा बुथ कब्जा गरेको आरोप कांग्रेस र एमालेले एकअर्कालाई लगाइरहेका बेला आयोग अनिर्णित नै छ । कांग्...

सुनसरी ४ माकांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादर कार्कीले बढाए अग्रता

काठमाडौं / सुनसरी ४ मा नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादर कार्कीले अग्रता बढाएका छन् । गएको शनिबारदेखि रोकिएको मतगणना आज अपराह्नदेखि सुरु भएकोमा कार्कीले अग्रता बढाएका हुन् । पछिल्लो मतपरिणामअनुसार कार्कीले २३ हजार ५४० मत ल्याएका छन् । एमालेका जगदिश कुसियैतले २३ हजार ४०४ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर १३६ रहेको छ ।