खप्तड घुम्न हेलिकप्टरको व्यवस्था

डोटी / सुदूरपश्चिमप्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको छ । डोटीको पूर्वीचौकी गाउँपालिकास्थित झिङ्ग्रानामा निर्माण गरिएको खप्तड घरवासले माउन्टेन एयरसँग सहकार्य गर्दै खप्तड घुम्नका लागि प्याकेजको व्यवस्था गरेको हो । सुदूरपश्चिम प्रदेशकै सुन्दर तथा मनोमोहक खप्तड क्षेत्रमा घुम्न आउने पर्यटकको सहजताका ल...

पर्यटक आगमनमा ८० प्रतिशत गिरावट

काठमाडौँ / सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार हवाईमार्ग त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थबाट एक लाख ८३ हजार १३० तथा स्थलमार्ग हुँदै ४६ हजार ९५५ जना पर्यटक नेपाल आएका हुन् । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीका कारण अघिल्लो वर्षको तुलनामा...

बन्दाबन्दीपछि पर्यटकले भरियो कालिञ्चोक

चरिकोट / कोभिडका कारण पर्यटकीय चहलपहल सुनसान भएसँगै निरास बनेका जिल्लाका अधिकांश व्यवसायी अहिले विस्तारै उत्साही देखिन थालेका छन् । बन्दाबन्दीले सुनसान बनेको दोलखाको विभिन्न पर्यटकीय गन्तव्यमध्ये अहिले कालिञ्चोक क्षेत्र पर्यटकले भरिभराउ भएको छ । वार्षिक लाखाँै पर्यटकले भ्रमण गर्ने जिल्लाको मुख्य गन्तव्य स्थल कालिञ्चोकमा ठूलो सङ्ख्यामा पर्यटकको च...

पाहुना घुमाउने ठाउँ बन्यो अम्ब्रेला स्ट्रिट

चितवन / जिल्लामा बाहिरबाट घुम्न र भेटघाट गर्न आएका पाहुनालाई घुमाउने ठाउँ पटिहानीको ‘अम्रेला स्ट्रिट’ हुने गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज र सँगै बगेको राप्ती नदीको किनारमा सजिएका छाता मुनि तस्बिर लिने र टिकटक बनाएर रमाउनेको भिडभाड हुने गरेको छ । सरकारले नयाँ पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत गरेपछि भरतपुर महानगरपालिका वडा नं २२ पटिहानीमा गत वर...

घुमौँ सौराहा अभियान सुरु गरिने

चितवन / कोरोना भाइरसको सङ्क्रमणसँगै सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन ‘घुमौँ सौराहा अभियान’ सुरु गरिने भएको छ। विदेशी पर्यटक तत्काल आउने अवस्था नभएपछि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि अभियान सुरु गर्न लागिएको हो। क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा अभियान सुरु गरिँदैछ। संघका अध्यक्ष दीपक भट्टराईले आन्तरिक पर्यटनमार्फत क्रमिकरूपमा चलायमा...

तावाभञ्ज्याङ–टेम्केडाँडा जोड्ने मुन्धुम पदमार्ग

खोटाङ / साकेला गाउँपालिका–३ खिदिमास्थित पर्यटकीयस्थल तावाभञ्ज्याङबाट चखेवाभञ्ज्याङ हुँदै टेम्केडाँडा जोड्ने मुन्धुम पदमार्ग शिलान्यास गरिएको छ । खोटाङ र भोजपुर सिमानामा पर्यटकीयस्थल टेम्केडाँडाको पर्यटन प्रवद्र्धन गर्न पदमार्ग निर्माण गर्न लागिएको हो । पदमार्ग निर्माण गर्न साकेला गाउँपालिका, प्रदेश सरकार र स्वीस सरकार विकास नियोगको त्रिपक्षीय लगानी...

तालबाराही मन्दिर खुला, डुङ्गा चालक औधि खुशी

पोखरा / फेवाताल बीचमा रहेको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बाराही मन्दिर पुनः खुला गरिएको छ । कोभिड– १९ का कारण गत चैतदेखि बन्द रहेको मन्दिर स्वास्थ्य सतर्कतासहित सर्वसाधारणका लागि आजदेखि खुला गरिएको बाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिए । “लामो समय बन्द भयो, बन्दाबन्दी खुलेपछि आन्तरिक पर्यटक आए पनि मन्दिर खुला...

भाटेकोशीमा फेरि सुरू भयो बञ्जी जम्प

चौतारा / कोरोना भाइरसका कारण चैतदेखि बन्द भएको सिन्धुपाल्चोकको भोटेकोशीको बञ्जी जम्प नौ महिनापछि पुनः सञ्चालनमा आएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सञ्चालनमा ल्याइएको बञ्जी जम्पमा हाल दैनिक चारदेखि १५ जनासम्मले बञ्जी गर्ने दी लास्ट रिसोर्ट एडभेन्चर प्रालिका व्यवस्थापक कुमार राउतले जानकारी दिए । विसं २०५६ देखि सञ्चालित १६० मिटरको उक्त बञ्...

विराटनगर–पोखरा पर्यटकीय बस सञ्चालन गर्नुपर्ने

मोरङ / कोराना महामारीका कारण थिलिएर रहेको पर्यटन व्यवसायलाई चलायमान गराउन पोखराका पर्यटन व्यवसायीले विराटनगरमा ‘जाऔँ है पोखरा’ अभियान कार्यक्रम सञ्चालन गरेका छन् । पश्चिमाञ्चाल होटल सङ्घ पोखराद्वारा यहाँ आयोजित अन्तरिक पर्यटन पुनःरुत्थान तथा प्रवद्र्धन अभियानअन्तर्गत शुक्रबार भएको अन्तक्र्रियाका सहभागीले भारतीय सीमा क्षेत्रका शहरबाट भारतीय नागरिकको...

आठमहिना पछि खुल्यो चिडियाखाना

काठमाडौँ / ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आठ महिनापछि स्वास्थ्य मापदण्ड अपनाई पुनः खुला गरिएको छ । कोरोना भाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत ७ गतेदेखि बन्द थियो । खुला भएसँगै अवलोकनकर्ताले पहिलेजस्तै स्वतन्त्र हिँडडुल गर्न नपाउने चिडियाखानाले जनाएको छ । चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवी पोखरेलले कोरोनाको जोखिम अझै कायमै...