आठ हजार बढी पर्यटन व्यवसायीलाई कोरोना खोप

काठमाडौँ / काठमाडौँ उपत्यकाका आठ हजारभन्दा बढी पर्यटन व्यवसायीलाई कारोना खोप लगाएका छन् । ठमेल पर्यटन विकास परिषद्को पहलमा यही वैशाख ४ गतेदेखि आजसम्म आठ हजारभन्दा बढी पर्यटन व्यवसायीलाई पिपल्स मेडिकल कलेज बालाजुमा कोरोना भाइरसविरुद्धको चिनियाँ खोप (भेरोसेल) प्रदान गरिएको हो । परिषद्का उपाध्यक्ष एवं कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिका स...

कमलपोखरी पुनःनिर्माणको काम ७० प्रतिशत सकियो

काठमान्डाैं / कमलपोखरी पुनःनिर्माणको काम ७० प्रतिशत सकिएको छ । अहिले पोखरी निर्माणको काम सम्पन्न गरी पोखरी वरपर सौन्दर्यको काम भइरहेको छ । आगामी एक महिनाभित्र सबै सक्नेगरी पुनःनिर्माणको काम भइरहेको काठमाडौँ महानगरपालिकाले जानकारी गराएको छ । सौन्दर्यको कामसँगै काठको केही कलात्मक बुट्टा कुँद्ने काम पनि भइरहेको कामपा भौतिक पुर्वाधार महाशाखा प्रमुख ...

पथरीकाे सेल्फी रोडमा बग्गि र घोडा

पथरी / सेल्फी फोटो खिच्न र टिकटक बनाउन लोकप्रिय रहेको गन्तब्यको सेल्फी रोडमा नयाँ बर्षको दिन मानिसको ठुलो भिड भएको थियो । आन्तरी तथा बाहिय पर्यटकीय आकर्षण गर्न सफल मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर २ मा अवस्थित सेल्फी रोडमा १ गते देखि घोडा सवार बग्गि सवार (डागा) र नेपाली पोषाक समेत भित्रिएको छ । चौतारी सामुदायीक वन क्षेत्र भित्र रहेको सेल्...

‘मिनी ग्रेटवाल’ पर्यटकको पहिलो रोजाइ

तनहुँ / बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट शुरु मुकुन्देश्वरी डाँडासम्म निर्माण गरिएको करीब चार किलोमिटर मिनी ग्रेटवाल पर्यटकको पहिलो रोजाइ बन्ने गरेको छ । बन्दीपुर गाउँपालिका कार्यालयले रु एक करोड खर्च गरेर चीनको जस्तै झझल्को दिने गरी निर्माण गरेको मिनिग्रेटवाल पर्यटकको आर्कषण बन्दै गएको हो । प्राकृतिक दृश्य अवलोकन र सुन्दरताका कारण...

गुराँस टिप्नेलाई पाँच हजार जरिवाना

म्याग्दी / अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन् । घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक लगाएको जनाएको छ । समितिका अध्यक्ष वीरेन गर्बुजा पुनले अनुरोधलाई अटेर गरेर गुराँस टिप्नेलाई रु पाँच हजार जरिवाना तिराउने निर्णय ...

घरमा छैनन् परेवा र गौँथली, वनमा छैनन् ढिकुर र मालचरी

गलेश्वर / कुनै समय थियो, गौँथलीको चिरबिर र परेवाको माकुर...कुर..जुन घरमा सुनिन्छ, त्यो घर लच्छिनको हुन्छ, त्यहाँ सह बसेको हुन्छ भनेर विश्वास गरिन्थ्यो । समय बदलियो । समयसँगै हाम्रा पुख्र्यौली मान्यता र श्रृति परम्पराका कथनभित्र रहेका ज्ञानका अथाह भण्डार पनि विस्मृतिको गर्भमा पुरिँदै गए । धार्मिक, सामाजिक र वातावरणीय महत्वसँग जोडिएका कैयौँ आनुवां...

पर्यटनको रोजाइमा ‘खस’ सभ्यता

खलङ्गा / खस नेपाली भाषाको जन्मथलो जुम्लाको सिञ्जा सभ्यता पछिल्लो समयमा पर्यटनको रोजाइमा परेको छ । यहाँको आठ स्थानीय तहमध्ये तीन स्थानीय तह सिञ्जा क्षेत्रमा पर्छन् । घर आँगनको स्थानीय सरकारले खस सभ्यताबारे कुनै गुरुयोजना पारित नगरे तापनि सङ्घीय सरकारले सिञ्जालाई पर्यटनको सूचीमा समावेश गरेको छ । सङ्घीय राजधानी काठमाडौँबाट कर्णालीको जुम्ला पुगेका १० ज...

सडक पुगेपछि फेरियो चिमखोला र कुइनेमङ्गलेको परिचय

गलेश्वर । यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य र विकासका पूर्वाधारका सुविधा नभएको म्याग्दीको कुइनेमङ्गले गाउँको परिचय अहिले भने फेरिएको छ । जिल्लाको रघुगङ्गा गाउँपालिका–८ मा पर्ने कुइनेमङ्गलेको घ्यासीखर्कमा यातायातका साधन पुगेपछि गाउँको सौन्दर्यमा शिक्षा, स्वास्थ्य र जनचेतनाको विकासले निखारता ल्याएको छ । गलेश्वरदेखि कुइनेमङ्गलेसम्म ३६ किलोमिटर सडकको ...

पर्यटकको सुरक्षामा प्रहरीको ध्यान

लाङ्टाङ / हिमाली क्षेत्रमा यात्रा गर्ने पदयात्रुको सुरक्षा मजबुत पार्न नेपाल प्रहरीले सुरक्षा गस्तीलाई थप तीव्रता दिएको छ । गोसाइँकुण्ड, लाङ्टाङ, तामाङ सम्पदा मार्ग र हिमाली प्राकृतिक छटाको अवलोकन गर्ने पदयात्रीको सुरक्षा व्यवस्था मजबुत पार्न सम्भावित स्थानमा प्रहरीको बाक्लो उपस्थिति गराइएको छ । हिमाली पदयात्राका लागि दिनहँु आन्तरिक पर्यटकको...

तेस्रो राष्ट्रिय घरवास कार्यशाला आजदेखि शुरु

कर्णाली / ‘प्रकृति, संस्कृति र पर्यटन नेपालको पहिचान, समृद्ध मुलुक निर्माण होमस्टेको अभियान’ भन्ने नाराका साथ आजदेखि शुरु हुने तेस्रो राष्ट्रिय कार्यशाला गोष्ठीका लागि मुलुकभरका होमस्टे (घरबास) सञ्चालकहरू सुर्खेतमा भेला भएका छन् । कोभिड–१९ पछिको ग्रामीण पर्यटन र घरबासको अवस्थाबारे समीक्षा गर्ने उद्देश्यले वीरेन्द्रनगरको थारू घरबासमा शुरु हुने गोष्ठ...