विप्लव समूहको तालिम केन्द्रको खोजि गर्दै प्रहरी

काठमाडौं । सोलुखुम्बूको महाकुलुङ गाउँपालिका–५ स्थित गुँदेलमा प्रतिबन्धित विप्लव समूहले सञ्चालन गरेको भनिएको तालिम केन्द्र प्रहरीले फेला पार्न सकेको छैन। आइतबार परिचालित सुरक्षाकर्मीले छेस्काम चौकी कब्जा गर्न आएका भनिएका विप्लव कार्यकर्ता र तालिम केन्द्र फेला पार्न सकेको छैन । गुँदेलमा तालिम केन्द्र सञ्चालन गरेको जानकारी प्रहरीलाई आइरहेकै बेला ...

नेकपामा एकता प्रक्रियालाई पूर्णता दिन उच्चस्तरमा छलफल

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पार्टी एकता प्रक्रिया र कार्य विभाजनलाई पूर्णता दिन उच्चस्तरमा छलफल शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बसेको पार्टीको सचिवालय बैठकमा केन्द्रीय कमिटीको कार्य्विभाजनबारे छलफल शुरु भएको छ । कार्य विभाजनबारे सचिवालय सहमति नजिक पुगेको र बुधबार बस्ने सचिवालय बैठकले टुङ्गोे लगाउने बताइएको छ...

सार्वजनिक पिच व्यक्तिले बेचिदिएपछि…

काभ्रे / लिखेल नगरपालिका वडा नम्बर ४ मा रहेको सडकको एक खण्ड व्यक्तिले बेचिदिएका छन्। अरनिको राजमार्गदेखि काठमाडौं विश्वविद्यालय जाने मार्गको तीन आना खण्ड बेचिएको हो। स्थानीय मालपोत कार्यालयका कर्मचारीको मिलोमतोमा सार्वजनिक पिच सडक बेचिएको प्रस्ट देखिँदा पनि दोषी पक्राउ परेका छैनन्। विक्रेता तीन जनालाई भने प्रहरीले पक्राउ गरेको छ। नक्सामा देखाइए...

नारकीय जीवन बिताउँदै पूर्वलडाकुः जो घरपालुवा पशुपन्छिसँगै सुताइन्छिन्

रोल्पा / आठ वर्षीय जीवन विक घरको सुरमा उभिएर ‘मलखाद’ माथि बसेको अचेत आमाको पीडा हेर्ने गर्छन् । आमाको जलेको खुट्टा पनि अशक्त अवस्था देख्दा उनी भक्कानिन्छन् । तत्कालीन माओवादी द्वन्द्वमा घरपरिवार त्यागेर पूर्वलडाकु ३२ वर्षीया निर्मला विक ‘साधना’ तीन वर्षदेखि अचेत छिन् । उनी बेलुका अध्याँरो बढ्दै जाँदा बाख्रा र कुखुरासँगै गोठमा सुताइन्छिन् । अ...

प्रधानमन्त्री ओली र नेपालबीच केन्द्रीय सदस्यको जिम्मेवारीमा फेरि विवाद

काठमाडौं । सत्तारुढ नेकपामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच केन्द्रीय सदस्यको जिम्मेवारीमा फेरि विवाद देखिएको छ । ओली–नेपाल असमझदारी प्रदेश पदाधिकारी चयनमा पनि देखिएको थियो । ७७ जिल्लाका इन्चार्जरसहइन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्यलाई नै दिन लागिएको विषयमा उनीहरुबीच विवाद देखापरेको हो । नेकपाले ...

बुढीगण्डकी बहुउद्देश्यीय आयोजनाको क्षमता घट्दैन : ऊर्जामन्त्री पुन

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले बुढीगण्डकी जलाशययुक्त बहुउद्देश्यीय आयोजनाको क्षमता नघटाइने बताएका छन्। राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा बोल्दै मन्त्री पुनले आयोजनालाई १२ सय मेगावाटको बनाउन जग्गा अघिग्रहणको काम भइरहेको बताए। चालू आर्थिक वर्षको बजेटबाट ९ अर्ब ९४ करोड रुपैयाँ बुढिगण्डकी आयोजनाका लागि मुआब्...

अन्धाधुन्ध विद्यार्थी कुटेर विद्यार्थीको हात भाँच्ने शिक्षिकालाई १० दिन म्याद थपेर अनुसन्धान

काठमाडौं । अन्धाधुन्ध विद्यार्थी कुटपिट गर्ने शिक्षिका लक्ष्मी पुनविरुद्ध प्रहरीले अनुसन्धान थालेको छ। प्रहरीले पुनलाई मंगलबार सदरमुकाम लिबाङस्थित जिल्ला प्रशासन कार्यालय रोल्पाबाट १० दिनको म्याद थप गराई अनुसन्धान सुरु गरेको छ। इलाका प्रहरी कार्यालय होलेरीका इञ्चार्ज प्रहरी निरीक्षक मेघनाथ चापागाइर्ंले अनुसन्धानपछि अदालतमा मुद्दा चलाइने जानकारी...

इलाम नगरपालिकाकी उपप्रमुखले दिइन् प्रमुखको कोठामा ताला लगाउँने चेतावनी

इलाम । इलाम नगरपालिकाकी उपप्रमुख शुशीला नेम्बाङले आफ्नोे अधिकार प्रयोग गर्न नपाए प्रमुखको कोठामा ताला लगाउने बताएकी छन् । प्रमुख महेश बस्नेतले आफ्नो अधिकार हस्तक्षेप गरेको आरोप लगाउँदै उपप्रमुखले यस्तो चेतावनी दिएकी हुन् । न्यायिक समितिको सचिवालयमा पत्रकार सम्मेलन गरी प्रमुखले एकल र तानाशाही शैली अपनाएको भन्दै उपप्रमुख नेम्बाङले विगत ६ महिनादेखि...

३ महिना बन्धक बनाएर सामूहिक बलात्कार

धनुषा / धनुषा बटेश्वरकी कक्षा ९ मा पढ्ने दलित किशोरी फागुन ११ गते साँझ बहिनीसँग खेतबाट घर फर्कदै थिइन् । दिदीबहिनी आफ्नै सुरमा हिँडिरहेका थिए । अकस्मात् उनीहरुका अगाडि तीनजना चढेको मोटरसाइकल रोकियो । बहिनी डराएर घरतिर भाग्न सफल भइन् । ‘मेरो नाकमा नशालु पदार्थ सुँघाएर बेहोस बनायो । आँखामा कालोपट्टी बाँधी अपहरण गर्यो ।’ पीडित किशोरीले भनिन्, ‘हातखुट्...

सगरमाथामा मृत्युको व्यापार

काठमान्डाैं / सगरमाथा आरोहण गर्न २५ हजार अमेरिकी डलर (करिब २८ लाख) लिने आरोहण कम्पनीले आरोहीको मृत्यु हुँदा भने करिब एक करोड रुपैयाँसम्म असुल गर्न थालेका छन् । आरोहीको मृत्युपछि आधार शिविरसम्म शव ल्याउँदा मागिने ठूलो रकमले आरोहणप्रति नकारात्मक धारणा बढ्ने आशंका यस क्षेत्रका व्यवसायीले गर्न थालेका छन् । आरोहणमा गुणस्तरीय सेवा दिने र दुर्घटना कम ...