रोजगारी खोज्दै नेपाल आउने विदेशी बढे

काठमान्डाैं / वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या घटिरहेका बेला काम खोज्दै नेपाल आउने विदेशीको संख्या भने बढ्दै गएको पाइएको छ । नेपालमा ठूला परियोजना र अन्य विकास निर्माणका काम धमाधम बढ्न थालेपछि यस्ता परियोजनामा काम गर्न आउने विदेशीको संख्या बढेको हो । आर्थिक वर्ष २०७४/७५ मा नेपालमा रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या १ हजार ६४३...

नेकपामा राष्ट्रपतिको सक्रियता

काठमान्डाैं / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद एकाएक साम्य भएको देखिए पनि वामदेव गौतमलाई उपाध्यक्ष बनाएपछि नयाँ विवाद सुरु भएको छ । पार्टी एकीकरण भएको १५ महिनापछि विधानविपरीत गौतमलाई उपाध्यक्ष बनाइएको र झलनाथ खनाललाई तेस्रो वरीयतामा ल्याउने तयारी भएपछि नयाँ विवाद सुरु भएको हो । स्रोतका अनुसार पार्टीभित्र देखिएको विवाद मिलाउ...

सिगात्से–केरुङ रेलमार्ग सुरु, अब काठमाडौँ रेल ल्याउन सहज हुने

काठमान्डाेैं / छिमेकी चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण शनिबार सुरु गरेको छ । रेलमार्गको दुरी ५४० किलोमिटर हुनेछ । जटिल भौगोलिक क्षेत्र रहेकाले रेलमार्ग कम्तीमा सात वर्षमा पूरा हुने अनुमान छ । ‘चीनले अब केरुङलाई रेलमार्गसँग जोड्ने निश्चित छ,’ बेइजिङस्थित नेपाली दूतावासका एक अधिकारीले भने, ‘केरुङ रेलमार्ग तिब्बत सरकारले प्राथमिकता हो । तर भौ...

सेटिङमा जम्दै जुवा अखडा : श्रीमती कमाउने, श्रीमान उडाउने

काठमान्डाैं / ‘नखेल्नु है जुवा र तार, धनको नाश जीवनको बनीबास’ भन्ने गीत कुनै समय निकै चिर्चित थियो । जुवानको लतले धनको नाशसँगै घरपरिवारको पनि बिल्लीबाठ हुने गरेको दृष्टान्त धेरै छन् । सडक किनारामा दिनभर ठेलामा मकै तथा भटमासलगायत गेडागुडी बिक्री गर्नुहुन्छ, ४० वर्षीया लक्ष्मी । उनी दिनको दुई हजारदेखि दुई हजार ५०० आन्दानी गर्छिन् तर यसरी दुःख गर...

नेपालगन्जमा गाई राजनीति

नेपालगन्ज / नेपालगन्जमा उपमहानगरपालिकाले वडा नं २१ मा निर्माण गरेको कान्जी हाउसभित्र अहिले चार सयदेखि पाँच सयकोको हाराहारीमा छाडा गाईगोरु थुनिएका छन् । उपमहानगरको मुख्य र भित्री सडकमा गरी झनै एक हजार पाँच सयको संख्यामा छाडा गाईवस्तु रहेको अनुमान गरिएको छ । भारतबाट भित्रीएका यस्ता गाईगोरु व्यवस्थापन गर्न उपमहानगरपालिकालाई हम्मेहम्मे परिरहेको छ । ...

निर्वाचन बहिष्कार गरेका तिङ्लावासी भन्छन् – कर्मचारीले मात्रै नचल्ने रहेछ, निर्वाचन होस् !

ओखलढुंगा । सोलुखुम्बुको तिङ्ला गाउँ जनप्रतिनिधिविहीन छ। तर, निर्वाचन आयोगले उपनिर्वाचनमा समेटेको छैन। अन्य ठाउँका रिक्त पदमा भने मंसिर १४ गते उपनिर्वाचन गर्ने तयारी छ। यहाँका बासिन्दाले पहिले निर्वाचन बहिष्कार गरी आफ्ना माग सम्बोधन गराएका थिए। विकासमा पछि पर्दा जनप्रतिनिधिको अभाव महसुस भएको स्थानीय गम्बु शेर्पा बताउँछन्। ‘वडाध्यक्षको मात्रै भए पनि ...

२८ बैङ्कको नाफा ६५ अर्ब ३९ करोड

काठमान्डाैं / २८ वाणिज्य बैङ्कले आव २०७५/७६ मा ६५ अर्ब ३९ करोड रुपैयाँ मुनाफा गरेका छन् । आव ०७४/७५ मा तुलनामा बैङ्कहरुको खुद नाफा २४.५८ प्रतिशत बढेको हो । २०७४/७५ मा बैङ्कहरुले साढे ५२ अर्ब रुपैयाँ नाफा कमाएका थिए । २०७४/७५को तुलनामा तीन बैङ्कको नाफा घटेको छ भने बाँकी २५ बैङ्कले नाफा बढाएका छन् । कर्जा लगानी गर्न रकम अभाव हुँदाहुँदै पनि नाफामा उ...

श्रम मन्त्रालयको निर्देशन : बैङ्क खाताबाट श्रमिकको पारिश्रमिक, नत्र कारवाही

काठमान्डाैं / सरकारले श्रम कानुनबमोजिम श्रमिकहरुको मासिक तलब सुविधा बैङ्कमार्फत भुक्तानी गर्न मुलुकभरका सबै उद्योग र प्रतिष्ठानहरुलाई निर्देशन दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबार सूचना जारी गरी श्रम कानुन अनुसार तोकिएको न्यूनतम पारिश्रमिक श्रमिकहरुलाई बैङ्कमार्फत उपलब्ध गराउन उद्योग र प्रतिष्ठानहरुलाई सचेत गराएको हो । ...

लाल आयोगको प्रतिवेदन : क्षेत्राधिकार नाघेर दरबार हत्याकाण्डसम्मको व्याख्या

काठमान्डाैं / संविधानसभाबाट संविधान जारी हुनअघि र पछि तराई मधेसमा भएका हिंसात्मक आन्दोलनको सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले क्षेत्राधिकार नाघेर प्रतिवेदनमा ‘राजदरबार हत्याकाण्ड’ लगायत विषय समेटेको छ । तत्कालीन राजपरिवारको हत्या कसले गर्यो भन्ने विषय विवादित रहेकै अवस्थामा आयोगको प्रतिवदेनमा ‘युवराज दीपेन्द्रले अरुको हत्या गरेर आफूले आत्महत्...

सुनसान छ,‘कान्छी नेपाल’

काठमान्डाैं / शैलेश्वरी मन्दिरको उत्तर दक्षिण लहरै फैलिएको सिलगढी बजार सुनसान छ । चिटिक्क परेका नेवारी घरका मूल ढोकामा ताल्चा झुन्डिएका छन् । कोठाका ¥याक रित्ता छन् । ८७ वर्षीया जगतलक्ष्मी श्रेष्ठलाई ‘कान्छी नेपाल’का रुपमा चर्चित सिलगढी बजार देखेर नियास्रो लाग्छ । बजारको चहलपहलमा बितेको बाल्यकाल उनको आँखैअघि घुमिरहन्छ । अछामी, बझाङी, बिमकोटे र द...