आज महानवमी पर्व : दुर्गा भवानीको पूजाआजा गरी मनाइँदै

काठमाडौँ / आज देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ । प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तश...

आजको  राशिफल / वि.सं. २०७६ आश्विन २० गते सोमबार

वि.सं. २०७६ आश्विन २० गते सोमबार तदनुसार ई. सं. २०१९ अक्टोबर ०७ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : नवरात्रअन्तर्गत सिद्धिरात्री भगवतीको पूजा आराधना गर्ने दिन, महानवमी, मन्वादि, बौद्धावतार, स्याक्वट्याक्व, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र, आश्विन शुक्लपक्ष (कौलाथ्व) नवमी ति...

मन्दिरै मन्दिरहरुको शहर विजयपुर क्षेत्र, धरान (तस्विरहरू सहित)

सुनसरी / अधिकांश मानिसहरुलाई लाग्छ, धरानका तीनवटा मन्दिरहरु पिण्डेश्वरी, बुढासुब्बा र दन्तकाली मात्र हुन । ती मन्दिरहरु जत्तिकै महत्वका करिव ५० को हाराहारीमा अन्य मन्दिरहरु समेत सो क्षेत्रमा रहेका छन् । ‘विजयपुरलाई मन्दिरै मन्दिरले ढाँकेको छ । तर, धेरैलाई थाहा छैन । धरानदेखि करिव तीन किलोमिटर उत्तर पूर्वको विजयपुर धरानको श्रीपेच नै हो । धरानका प...

धरान स्थित दन्तकाली मन्दिरको महिमा, ऐतिहासिक तथ्य र किम्बदन्ती

इटहरी / सुनसरीको धरान नगरपालिकास्थित विजयपुर डाँडोमा पर्ने दन्तकालीको चर्चा रुद्राक्षारण्य महात्म्यले गरेको छ । तीन तहको छाना युक्त नेपाली तले शैलीमा निर्मित यो मन्दिरको छाना माथि धातुको आकर्षक गजुर पनि राखिएको छ । दन्तकाली मन्दिरमा पुजनिय बस्तु दाँत आकारको पथ्थर हो, जसलाई स्वस्थानी ब्रत कथामा आधारित सतीदेवीको दाँत मानिन्छ, जहाँ सतीदेवीको दाँत प...

आज नवरात्रिको आठौँ दिन महाअष्टमी : महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिदै

काठमान्डाैं / आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैँका रुपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादशैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँ...

आजको  राशिफल / २०७६ आश्विन १९ गते आइतबार

वि.सं. २०७६ आश्विन १९ गते आइतबार तदनुसार ई. सं. २०१९ अक्टोबर ०६ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : नवरात्रअन्तर्गत महागौरी भगवतीको पूजा आराधना गर्ने दिन, अष्टमी व्रत, गोरखकाली पूजा, महाष्टमी, कालरात्री, नेवारी पर्व कुलक्षिभ्वय, आजको मूहुर्त : दीक्षाग्रहण, कलशचक्र, आश्विन शुक्लपक्ष (कौलाथ्व) अष्टमी तिथि, द...

नवरात्रिको सातौं दिन कालरात्रिको पूजा गरिँदै

काठमान्डाैं / दुर्गा पक्षको सातौँ दिन आज कालरात्रि देवीको पूजा आराधना गरिएको छ । यो पक्षको नौ दिनसम्म दुर्गा देवीका नौ रुपको विशेष पूजा आराधना गर्ने शास्त्रीय परम्परा छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ...

आज नवरात्रिको सातौं दिन, घरघरमा फूलपाती भित्राइँदै

इटहरी । बडादशैंका नवरात्रिको सातौं दिन आज देशभर घर-घरमा फूलपाती भित्र्याइ मनाइदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आव्हान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्र्याउने गरिन्छ । गुरुज्यूको पल्टन, नेपाली सेना, नेपा...

आजको  राशिफल / २०७६ आश्विन १८ गते शनिबार

वि.सं. २०७६ आश्विन १८ गते शनिबार तदनुसार ई. सं. २०१९ अक्टोबर ०५ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : नवरात्रअन्तर्गत कालरात्री भगवतीको पूजा आराधना गर्ने दिन, फूलपाती, नवपत्रिका प्रवेश, सरस्वतीको आह्वान, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र, आश्विन शुक्लपक्ष (कौलाथ्व) सप्तमी तिथि...

आजको राशिफल / वि.सं. २०७६ आश्विन १७ गते शुक्रबार

वि.सं. २०७६ आश्विन १७ गते शुक्रबार तदनुसार ई. सं. २०१९ अक्टोबर ०४ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : नवरात्रअन्तर्गत कात्यायनी भगवतीको पूजा आराधना गर्ने दिन, बिल्व निमन्त्रण, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र, आश्विन शुक्लपक्ष (कौलाथ्व) षष्ठी तिथि, दिउँसो ०२:२५ बजेसम्म, त्यसपछि सप्तमी तिथि, ...