मेलम्ची आयोजनामा झडपः ६ राउण्ड अश्रुग्यास प्रहार

मेलम्ची खानेपानी आयोजनाबाट पीडित स्थानीय मजदूर र प्रहरीबीच झडप भएको छ । आन्दोलनको दोस्रो दिन आज खानेपानीको मुहान अम्बाथानमा धर्नामा गएका पीडितसँगको झडपमा प्रहरीले अश्रु ग्यास प्रहार गर्नाका साथै हवाइ फायर गरेको छ । झडपमा दुई दुई प्रहरी र पीडित आन्दोलनकारी घाइते भएको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेले जानकारी दिनुभयो ।...

१० वर्षमा वैदेशिक रोजगारीमा जाने ७,४५५ को मृत्यु

काठमाडौँ / वैदेशिक रोजगारीका क्रममा भित्रिएको विप्रेषणबाट देशको अर्थतन्त्र चलायमान भए पनि विदेशी भूमिमा ज्यान गुमाएका नेपालीको सङ्ख्या डरलाग्दो छ । स्वदेशमा रोजगारीको पर्याप्त अवसर नहुँदा नेपाली युवाले अनाहकमै प्राण त्याग्नु पर्ने तीतो यथार्थ हामीमाझ छ । दश वर्षको अवधिमा रोजगारीमा गएकामध्ये झण्डै साढे सात हजारले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २...

बैंक लुटपाट प्रकरण : एटिएमको सिसिटिभी अनुगमन प्रभावकारी बनाउन सुझाव

काठमाडौँ / बैंक तथा वित्तीय संस्थाले आफ्नो एटिएममा जडित सिसिटिभीको नियमितरुपमा केन्द्रिकृत अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्ने भएको छ । चिनियाँ ह्याकले बैंक तथा वित्तीय संस्थाको सुरक्षा प्रणाली नै ह्याक गरी पैसा लुटपाट गरेपछि नेपाल राष्ट्र बैंकले गठन गरेको छानबिन समितिले सिसीटिभीको अनुगमन शनिबारलगायत अन्य बिदाको दिनमा समेत नियमितरुपले गर्ने व्यवस्था...

सुनसरी र मोरङमा दुर्घटना,एक जनाको मृत्यु

मोरङ । मोरङको बुढीगंगा गाउपालिका वडा नम्बर ३ स्थित कोशी लोकमार्गमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको मोटरसाईकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मोटरसाईकलको ठक्करबाट मोरङ बिराटनगर ४ का ७० बर्षिय अक्षयलाल राजवंशी गम्भिर घाईते भई उपचारको लागी बिराट टिचिङ अस्पताल टंकीसिनवारी पठाएकोमा उपचारको क्रममा मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्य...

उदयपुरमा कार्यरत २ प्रहरी जवान सर्वोत्कृष्ट प्रहरी घोषित

बिराटनगर । जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी जवान अनिष कार्की र मिलन बिष्ट श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छन...

सञ्चारमन्त्रीलाई सुध्रन, प्रेस युनियन सुनसरीको सुझाब

इनरुवा । सरकारी सञ्चारमाध्यममा सरकारले मनपरी गरेको भन्दै नेपाल प्रेस युनियन सुनसरीले आपत्ती जनाएको छ । सञ्चार मन्त्रालय र सञ्चारमन्त्री गोकुल बास्कोटालाई सच्चिन आग्रह गदै जिल्ला प्रशासन सुनसरी मार्फत सञ्चारमन्त्रालयलाई ज्ञापन पत्र पठाएको हो । दिपायलमा लामो समयदेखि कार्यरत पत्रकारहरु प्रकाश बम, सुनिता रावल र चक्रबहादुर कुवँरलाई राजनीतिक पूर्वाग्र...

देशलाई विकासको नयांँ युगतर्फ लैजाने समय आयो : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाललाई विकासको नयांँ युगतर्फ लैजानुपर्ने समय आएको बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहांँ आयोजना गरेको भरतपुर विमानास्थल विस्तार एवं सुधार सम्बन्धमा सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अब विकासको गतिलाई तीव्रता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । ...

साथी-साथी बीचको झगडामा एक जनाको मृत्यु

काठमाडौँ / काठमाडौँको कपनमा साथी–साथीबीच एकापसमा झगडा हुँदा एकको मृत्यु भएको छ । बूढानीलकण्ठ नगरपालिका–१० आदर्शनगरमा मङ्गलबार राति दुई साथी–साथीबीच एकापसमा झगडा हुँदा खोटाङका सञ्जय राईको मृत्यु भएको हो । महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले झगडामा गम्भीर घाइते राईको हेल्पिङ हेण्डस् अस्पताल लगिएकामा उक्त स्था...

छोरीलाई न्याय दिलाउन भौतारिदै आमा

सप्तरी / मेलाबाट भगाएर गर्भवती बनाई अलपत्र छाडेपछि सप्तरीकी एक नावालिका यति खेर बिच्चलीमा परेकी छिन् । छिन्नमस्ता गाउँपालिका वडा नं. २ निवासी १७ जिवछी कुमारी साहको यसरी विच्चली भएको हो । टोलकै २१ बर्षिय दिपक यादवले जिवछीलाई गाउँमै स्थित छिन्नमस्ता भगवती मन्दिरमा गत असार २९ गते लागेको मेलाबाट भगाएर भारत तर्फ लगेका थिए । भारतको अमृतसरमा एक कारखा...

तस्करीका नयाँ शैली, ग्यास सिलिण्डरमा लागुऔषध ओसारपसार

सप्तरी / लागुऔषध दुव्र्यसन तथा कारोबारीले नयाँ नयाँ शैली अपनाएर भारतबाट लागू औषध तस्करी गर्ने गरेको रहस्य खुलेको छ । खाना पकाउने ग्यास सिलिण्डरको पिदमा प्वाल बनाई त्यस भित्र ठुलो संख्यामा लागू औषध भरेर राखेको अवस्थामा बरामद भएपछि सो तथ्य बाहिर आएको हो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरिक्षक राजकुमार यादवको नेतृत्वमा सादा पोशाकमा खटिएको प्...