सुनुवाइ समिति : सत्ता र प्रतिपक्षबीच आरोपप्रत्यारोप

काठमाडौँ /प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले ससदीय सुनुवाइ समितिबाट शुक्रबार भएको निर्णय अस्वीकार गर्ने घोषणा गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भै नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विनाआधार प्रस्तावित प्रधानन्यायाधीशलाई अयोग्य घोषणा गर्ने निर्णय भएको आरोप लगाउनुभयो । कार्कीले भन्नुभयो, “दीपकराज जोशी प्रधानन्याय...

सञ्चारको वार्षिक कार्ययोजना कार्यान्वयनका लागि निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वार्षिक नीति, कार्यक्रम र बजेटलाई तोकिएको समयमा प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालय र मातहतका निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०७५÷७६ मा मन्त्रालयबाट सञ्चालन गरिने कार्यक्रम कार्यान्वयनको एकीकृत कार्ययोजनाको आज सार्वजनिक गर्दै मन्त्री बाँस्कोटाले नीतिमा टेकेर अपेक्षित ...

तुलसीपुर ‘स्पोर्टस् सिटी’का लागि उपयुक्त

काठमाडौँ / प्रदेश नंं ५ मा रहेको दाङको तुलसीपुर उपमहानगरपालिकालाई मुलुककै पहिलो स्पोर्टस् सिटी (खेलकूद नगरी)का रुपमा विकास गरिने भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)द्वारा गठित कार्यदलले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनअनुसार तुल्सीपुर स्पोर्टस् सिटीका लागि उपयुक्त हुने देखिएको छ । गत पुसमा राखेप सञ्चालक समितिका सदस्य विनोद मैन...

२० मुलुकका उच्च सैनिकको अभ्यास शुरु

काठमाडौँ / विपद्को समयमा मानवीय उद्धारमा खटिदा बहुर्राष्ट्रिय सेनाबीच सम्पर्क कायम गरी सूचना प्रवाहलाई कसरी व्यवस्थित तुल्याउन सकिन्छ भन्ने उद्देश्यले २० मुलुकका उच्च सैनिकको अभ्यास आजदेखि यहाँ शुरु भएको छ । अमेरिकी सेनाको प्रशान्त क्षेत्र कमाण्डको सहयोगमा नेपाली सेनाद्वारा आयोजित उक्त अभ्यासमा आ–आफना देशका सैनिकले सञ्चालनमा ल्याएका दुरसञ्चार (...

राष्ट्रियसभामा शोक प्रस्ताव पारित

काठमाडौँ / राष्ट्रियसभाको आजको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा शोकप्रस्ताव पारित गरेको छ । बैठकले उहाँको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरेको थियो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पङ्गेनीको निधनमा शोकप्रस्ताव प्रस्तुत गर्नुभएको थियो । पङ्गेनी २०७० सालको संवि...

काठमाडौँ अमेरिकन राजदूतावास अगाडि ट्रिपरलाई भ्यानले ठक्कर दिँदा दुईको मृत्यु, एक घाइते

काठमाडौँ, २१ साउन (रासस) ः काठमाडौँको महाराजगञ्जस्थित अमेरिकन राजदूतावास अगाडि भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । गएराती १ः४५ बजे बाटोमा रोकी राखेको बा४ख ९८५४ नम्बरको ट्रिपरलाई बा१९च ६५१५ नम्बरको भ्यानले ठक्कर दिँदा भ्यानमा सवार खोटाङका ३३ वर्षीय रामबहादुर थापा र सिन्धुपाल्चोकका ३० वर्षीय पशुपति सिलवालको मृत्यु भएको हो । महानगर...

ढुंगाले लागेर सैनिकको मृत्यु

बैतडी / ढुंगाले लागेर बैतडीमा आज एक सैनिक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–४ कपिन्ना जसमलाका ३० वर्षीय नारायणदत्त भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिनुभयो । गाउँ नजिकै रहेको पानीको मुहानमा पाइप जोडिरहेका बेला माथि भिरबाट खसेको ढुंगाले लागेर भट्टको मृत्यु भएको हो ...

मदिरा बिक्री वा सेवन गरे पाँच सय जरिवाना

पर्वत – फलेवास नगरपालिका–३ शंकरपोखरीमा मदिरा बिक्री वा सेवन गरेको पाइए पहिलो चरणमा रु ५०० जरिवाना गरिने भएको छ । वडाअन्तर्गत धनार टोल सुधार समितिबाट यो अभियानको थालनी गरिएको हो ।अवैध रुपमा मदिरा उत्पादन तथा बिक्री वितरण र सेवनबाट समाजमा नकारात्मक प्रभाव पर्दैै जान थालेपछि यस्तो अभियान थालिएको हो । एक महिनाअघि मदिरा सेवनकै कारण स्थानीय युवा सूर्यबहा...

प्रधानमन्त्रीले सार्वजनिक रुपमा माफी माग्नुपर्छ : भीमसेनदास प्रधान

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं संसदीय सुनुवाई विशेष समितिका सदस्य भीमसेनदास प्रधानले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको नाम अस्विकृत गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता प्रधानले प्रधानमन्त्री...

पहिरोमा परी ५ बर्षिया बालक सहित पुरै परिवारकाे मृत्यू (तस्विर सहित)

जाजरकोट / जाजरकोट सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ। पहिरोले पुरेका सातजनाको शव निकालिएको छ। दुईजना अझैं बेपत्ता छन्। एकजनाको जीवितै उद्धार गरिएको छ। भेरी नगरपालिका ६ गंगटियाका खड्गबहादुर लुहारको जीवितै उद्धार गरिएको छ। मृत्यु हुनेमा खड्गबहादुर लुहारकी श्रीमती २५ वर्षीया शिततला लुहार, उनका छोरीहरु ९...