तटबन्धनको विशेष कार्यक्रम ल्याउन आग्रह

काठमाडौँ /सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले तराई÷मधेशको नदी कटान रोक्नका लागि तटबन्धनको विशेष कार्यक्रम सञ्चालन गर्न सरकारसँग आग्रह गर्नुभएको छ । उहाँहरुले स्थानीय तहका कर व्यवस्थित गर्न संविधानको प्रावधानअनुसार प्राकृतिक स्रोत साधन बाँडफाँटसम्बन्धी आयोग तत्काल गठन गर्न, तराई–मधेशका सबै जनतालाई शुद्ध खानेपानीको प्रबन्ध मि...

अर्बुदरोगी खोज्दै स्वास्थ्य अनुसन्धान परिषद्

काठमाडौँ / उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सबै प्रदेशमा जनशक्ति, उपकरण र औषधिको अभाव हुन नदिइने बताउनुभएको छ । नेपाल अनुसन्धान परिषद्द्वारा ‘स्वास्थ्यका नीति तथा कार्यक्रममा स्वास्थ्य अनुसन्धानबाट प्राप्त तथ्यको समावेश’सम्बन्धी कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले आधारभूत स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकार कार्यान्...

आर्थिक वृद्धिदर ८ प्रतिशत घट्दैनः नेराबैँ

काठमाडौँ / नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७५÷ ७६ मा आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुनेमा आशङ्का नगर्न संसदीय समितिलाई आश्वस्त तुल्याएको छ । प्रतिनिधिसभा, आर्थिक समितिको आजको बैठकमा बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पछिल्ला दुई वर्षमा कृषि, उद्योग र सेवा क्षेत्रमा भएको आर्थिक वृद्धिदरको विश्लेषणपछि गरिएको ८ प्रतिशत कायम हुने पर्याप्त आधा...

विधेयकहरू सम्बन्धित समितिमा

काठमाडौँ / राष्ट्रियसभाले विभिन्न शीर्षकका तीन विधेयकमा दफावार छलफलका लागि विषयगत समितिमा पठाएको छ । उक्त सभाको आज बसेको बैठकले विषयगत समितिमा पठाएका विधेयकमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी (पहिलो संशोधन), वातावरण संरक्षण (पहिलो संशोधन) र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक २०७५ हुन् ।...

विपद्बाट रु दुई अर्ब बढीको क्षति

काठमाडौँ / विगत चार महिनाको अवधिमा विपद्का घटनाबाट मात्र रु दुई अर्बभन्दा बढीको भौतिक क्षति भएको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार २०७५ वैशाख १ देखि २०७५ भदौ ४ गतेसम्म मात्र प्राकृतिक प्रकोपका घटनाबाट रु दुई अर्ब आठ करोड ५७ लाख ४० हजार ५०८ बराबरको क्षति देशले ब्यहोर्नुपरेको छ । आगालागी, हावाहुरी, बाढीपहिरो, चट्याङ, असिनापानी लगायतका घटनाबाट ...

धरहरा निर्माणको आर्थिक प्रस्ताव स्थगित

काठमाडौँ / धरहरा निर्माण गर्न आह्वान गरिएको बोलपत्र (टेण्डर) को आर्थिक प्रस्ताव खोल्न तोकिएको समय छैटौंपटक स्थगित गरिँदा पुनःनिर्माणमा अन्योल बढेको छ । गत वैशाख ३१ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले धरहरा निर्माण सम्बन्धी सूचना प्रकाशन गरेको थियो । सूचनामा दिइएको समयमा छ वटा प्रस्ताव पेश भएका थिए । प्रस्तावको प्राविधिक मूल्याङ्कन गरी प्राधिकरणले...

रेडियो नेपालको जग्गा फिर्ता गराउन जोड

काठमाडौँ / राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा रेडियो नेपालको जग्गा रेडियो नेपाललाई नै फिर्ता गर्न जोड दिइएको छ । सांसद उदया शर्मा पौडेलले ललितपुर जिल्लामा रहेको रेडियो नेपालको नाममा रहेको सो जग्गालाई एक निजी बसोवास निर्माण कम्पनीलाई ३० वर्षका लागि भाडामा उपलब्ध गराइएकाले रेडियो नेपाललाई नै फिर्ता गरउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सा...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ कालोपत्र गरिने

काठमाडौँ / सरकारले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मत गर्ने भएको छ । लामो समयदेखि धावनमार्गको कालोपत्र उप्कदा पटक–पटक समस्या परेपछि सरकारले पूर्णरुपमा मर्मत गर्ने योजना बनाएको हो । मर्मतका लागि दैनिक १० घण्टा विमानस्थल बन्द गर्ने तयारी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्...

प्रदूषणबाट पीडितले क्षतिपूर्ति पाउने

काठमाडौँ / नेपालको संविधानले व्यवस्था गरेबमोजिम अब प्रदूषणबाट पीडित व्यक्तिले तोकिएबमोजिम क्षतिपूर्ति पाउने भएका छन् । त्यसको लागि सरकारले वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानूनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था गर्न ‘वातावरण संरक्षण ऐन, २०५३ मा आवश्यक संशोधन गर्ने तयारी थालेको छ । पीडितलाई प्रदूषकबाट क्षतिपूर्ति पाउन...

माथिल्लो त्रिशूली थ्री ‘बी’ तीन वर्षमा

काठमाडौँ / नुवाकोटमा आयोजनास्थल रहेको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ । सो आयोजनामा विभिन्न वाणिज्य बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले लगानी गर्ने भएका छन् । सोबारे द्विपक्षीय सम्झौतामा सोमबार हस्ताक्षर भएको छ । सम्झौताअनुसार बैंक तथा वित्तीय संस्थाले रु पाँच अर्ब ७६ करोड लगानी गर्ने भएका ...