साझाको एकैपटक सात आवको लेखापरीक्षण

काठमाडौँ / साझा प्रकाशनले महालेखापरीक्षकको कार्यालयबाट एकैपटक सात आर्थिक वर्षको लेखापरीक्षण शुरु गरेको छ । प्रकाशन लेखापरीक्षकको आज बसेको बैठकले आव २०६८÷०६९ देखि आव २०७४÷०७५ सम्मको लेखापरीक्षण थालेको साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले बताउनुभयो । अहिलेसम्म सरकारी निकायले लेखापरीक्षण नगरेकोले पहिलो पटक महालेखापरीक्षकको कार्यालयबा...

चिनियाँ सरकारद्वारा प्राध्यापक झा पुरस्कृत

काठमाडौँ / चीनको सियान सरकारले नेपाली प्राध्यापक डा राजीवकुमार झालाई सन् २०१८ को लागि ‘सियान फ्रेण्डसिप अवार्ड’ नामको पुरस्कार प्रदान गरेको छ । चीनको सान्सी प्रान्तस्थित सियान सरकारद्वारा प्रत्येक दुई वर्षमा दिइने उक्त पुरस्कारका साथ ‘सियान एक्सलेन्ट फरेन एक्सपर्ट अवार्ड’ प्रा डा झासहित विभिन्न नौ देशका १० जना विशिष्ट व्यक्तित्वलाई प्रदान गरिएको ...

समृद्धि हासिल गर्न प्राथमिकता बदल्दै छौँ– मन्त्री विष्ट

काठमाडौँ, ३० साउन (रासस) सरकारले मुलुकको विकास र उत्पादनमा प्रयोग गर्ने उद्देश्यले नेपालको श्रमशक्तिसम्बन्धी प्राथमिकता बदल्न लागेको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कृषिजन्य वस्तुमा मात्रै नेपालको वार्षिक व्यापार घाटा रु एक खर्ब २५ अर्ब रहेको सन्दर्भमा युवा श्रमिकलाई सीपयुक्त र दक्ष बनाई आर्थिक समृद्धि हासिल गर...

सार्वजनिक सुरक्षासम्बन्धी विधेयक प्रस्तुत

काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठकले ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक २०७५लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । मन्त्री थापाले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ माथि छल...

कोशीमा पाँच बर्षयता कै बढी मापन, ब्यारेजको थप ढोका खोल्न प्रशासनको आग्रह

सुनसरी । सप्तकोशी नदीका पाँच बर्ष यताकै सबै भन्दा बढी पानीको मापन गरिएको छ । बुधबार बिहान ११ बजे बराहक्षेत्रको मापन अनुसार कोशी नदीमा दुईलाख ७२ हजार ७५० क्युसेक पानी मापन गरिएको हो । यो मापन कोशी ब्यारेज भन्दा फरक भएपनि सबै भन्दा बढी संम्बेदनशिल मापन बराहक्षेत्रलाई मानिन्छ । ‘बिहान ११ बजेको मापन अत्याधिक हो’ स्थानिय एवम कोशी विज्ञ रबिन घिमिरेले ...

उपभोक्ता संरक्षण विधेयक स्वीकृत

काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठकले ‘उपभोक्ता संरक्षण विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उक्त विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त विधेयकको सैद्धान्तिक पक्षमा धारणा राख्दै सांसदहरूले ठूला कालाबजारी भेट्टाउन नसकेको, ...

सगरमाथा आरोही अभिनन्दित

काठमाडौँ /पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले तीन जना सगरमाथा आरोही महिलालाई अभिनन्दन गरेको छ । प्रतिष्ठानले आज यहाँ आयोजना गरेको बधाई तथा अभिनन्दन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ती आरोही महिलालाई अभिनन्दन गर्नुभयो । पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २५ औँ वर्षगाँठको अवसर पारेर खुम्बु पासाङ ल्हामु गाउँप...

बाढीले अनामनगर र बिजुली बजार प्रभावित

काठमाडौँ / धोविखोलामा आएको बाढी बस्तीमा पस्दा अनामनगरदेखि बिजुलीबजार क्षेत्रका बासिन्दा प्रभावित भएका छन् । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पानीको बहाव धेरै भएका कारण बस्तीमा पसेको बताउनुभयो । बाढीले कपन नीलोपुल, गोपीकृष्ण, ओम अस्पताल, रातोपुल, कालोपुल, ज्ञानेश्वर, मैतीदेवी क्षेत्रका बासिन्दा धेरै प्रभावित भएको घिमिरेले जानक...

स्थानीय तहको भवनलाई पाँचदेखि १५ करोडसम्म

काठमाडौँ / स्थानीय तहले भवन निर्माण गर्न रु पाँच करोडदेखि १५ करोडसम्म पाउने भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन वर्षभित्रमा सबै स्थानीय तहका भवन बनाउन पाँचदेखि १५ करोड पाउने भएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । मन्त्रालयले उक्त रकम बाँड्न अहिले ‘स्थानीय तहको भवन प्रशासनिक निर्माणसम्बन्धी कार्यविधि...

मिस नेपाल युएसएमा १८ प्रतियोगी भिड्दै

‘मिस नेपाल युएसए २०१८’ को शिर्ष उपाधिका लागि १८ प्रतियोगी भिड्ने भएक छन् । बिभिन्न चराणको अडिसनबाट छानिएर यी प्रतियोगी अन्तिम स्पर्धामा आएका हुन् । १९ अगस्टमा आयोजना हुने अन्तिम प्रतिस्पर्धाका लागि प्रतियोगीतहरु अहिले बिभिन्न प्रशिक्षण लिइरहेका छन् । पूर्व मिस नेपाल मेलिना जोशी, कोरियो ग्राफर सुरेश मानन्धर र फोटोग्राफर राजिव श्रेष्ठले उनीहरुको...