विवेकशीलद्वारा कञ्चनपुर घटनाको विरोध

काठमाडौँ / विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । पार्टीका प्रवक्ता रमेश पौड्यालद्वारा आज जारी विज्ञप्तिमा मुलुकमा पछिल्लो समय बढ्दै गएको यसखाले जघन्य अपराधमा संग्लनलाई कानूनको दायरामा ल्याई हदैसम्मको सजाय दिलाउन सरकारसमक्ष जोडदार माग गरिएको छ । ...

महिलाविरुद्धको हिंसा अन्त्य गर्न सङ्कल्प प्रस्ताव प्रस्तुत

काठमाडौँ / प्रतिनिधिसभाको बैठकमा महिलाविरुद्धको हिंसा अन्त्य गर्न संकल्प प्रस्ताव प्रस्तुत भएको छ । सदनमा सङ्कल्प प्रस्ताव प्रस्तुत गर्न २२ जना सांसदले हस्ताक्षर गरी असार २१ गते संसद् सचिवालयमा प्रस्ताव दर्ता गराउनुभएको थियो । सदनको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तावलाई प्रस्तुत गर्नुभयो । सङ्कल्प प्रस्तावमा नेपालको संविधानबमोजिम नेपाल ...

एघार वर्षीय बालकद्वारा जीवनरक्षाको अपिल

दाङ / तुलसीपुर उपमहानगरपालिका–६ मोतीपुर निवासी ११ वर्षीय बालक शशी अधिकारीले आफ्नो जीवन बचाइदिन आग्रह गरेका छन् । आफ्ना दुवै मिर्गौलाले काम नगरेकाले उपचारका लागि सहयोग गरिदिन सबैसंग आग्रह गरेका हुन् । बिहीबार तुलसीपुरमा उनले पत्रकार सम्मेलन गरी उपचारका लागि आवश्यक रकम आफ्नो परिवारसँग नभएकाले सबैको स–सानो सहयोगले पनि आफ्नो जीवनरक्षाका लागि ठूलो योगदा...

फेसबुकमा राष्ट्रपतिको आलोचना गर्ने व्यक्ति पक्राउ

हरारे / फेसबुकमा राष्ट्रपति इमर्सन नानगाग्वाँको आलोचना गरेको आरोपमा जिम्बाबेको प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।मनङग्वाका खरो आलोचकका रुपमा चिनिने मुन्याराड्जी शोकोले राष्ट्रपतिलाई सैतानसँग तुलना गरेपछि पक्राउ गरिएको अधिकारीहरूले बताएका छन् ।जिम्वाब्बेको मानवअधिकारवादी वकिल कुम्बिराइ माफुन्डाले शोकोलाई पक्राउ गरिएको बुधबार पुष्टि गर्नुभएको सम...

कर बृद्धि खारेजीको माग गर्दै कांग्रेस आन्दालित

धरान / धरान उपमहानगरपालिकाले अवैज्ञानिक रुपमा वृद्धि गरेको करको विरोध गर्दै नेपाली कांग्रेस आन्दोलित बनेको छ । केही समय अगाडि नारा जुलस सहित कोणसभा र धरान उपमहानगरपालिकालाई वृद्धि गरेको कर खारेजीको माग गर्दै उपमहानगरपालिकालाई ज्ञापन बुझाएको कांग्रेसले धरानमा करको विरोधमा २० वटै वडामा हस्ताक्षर अभियान शुरु गरेको छ । आर्थिक वर्ष २०७५/७६ का लाग...

कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) पुनः पक्राउ

काठमाडौँ / नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई प्रहरीले पुनः पक्राउ गरेको छ । आज सर्वोच्च अदालतले प्रवक्ता प्रकाण्डलाई छाड्न आदेश दिएलगत्तै भोजपुर जिल्लामा भएको बम विष्फोटको घटनामा समेत संलग्न रहेको भन्दै उहाँलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । यसअघि साउ...

नयाँ ऐन लागू भएपछि छ दिनमा सम्बन्धबिच्छेदका १५ मुद्दा

चितवन / मुलुकी देवानी (संहिता) ऐन २०७४ लागू भएपछि छ दिनमा नौ पुरुषले सम्बन्धबिच्छेदको मुद्दा दर्ता गराएका छन् । चितवन जिल्ला अदालतमा भदौ १ गतेदेखि ६ गतेसम्म नौ पुरुष र छ महिलाले सम्बन्धबिच्छेदका लागि मुद्दा दर्ता गराएका हुन् । अदालतका सूचना अधिकारी केशवप्रसाद पौडेलका अनुसार यसअघि पुरुषले सोझै अदालतमा सम्बन्धबिच्छेदको मुद्दा दर्ता गर्न पाउँदैनथे । स...

कञ्चनपुर घटनाबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा भाग लिने सांसदहरुले कञ्चनपुरमा भएको बलात्कारको घटना, स्थानीय तहमा भएको भनिएको करवृद्धिलगायत मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसकी सांसद सुजाता कोइरालाले मुलुकलाई विकास र समृद्धिको मार्गमा लगेमा प्रतिपक्षले पूर्णरुपमा सहयोग र समर्थन गर्ने प्रति...

अन्तर्राष्ट्रिय हवाई परिवहनसम्बन्धी महासन्धि अनुमोदन

काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठकले अन्तर्राष्ट्रिय हवाई परिवहन विषयका नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धिलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । बैठकमा सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले “अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धिलाई नेपाल सरकारले आफ्नो हकमा स्...

प्रतिनिधिसभा– शून्य समय

काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदले निर्वाचन क्षेत्र, जिल्ला र समग्र मुलुकका समसामयिक विषयमा सदनमार्पmत सरकारको ध्यानाकर्षण गर्नुभयो । बैठकमा सांसद विमला नेपालीले काठमाडाँै उपत्यकाका सडक समयमै मर्मत गर्न नसक्दा राजधानीवासीले ठूलो सास्ती व्यहोर्नु परेको धारणा व्यक्त गर्नुभयो । सांसद भीमसेनदास प्रधानले महँगी र करका कारण न...