रु दुई करोड ५० लाख बुझाएर छुटे गोपाल खड्का

काठमाडौँ/  विशेष अदालतले भ्रष्टाचारको मुद्दामा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्कालाई रु दुई करोड ५० लाख धरौटी बुझाएर छुट्न आदेश जारी गरेको छ ।विशेष अदालतका अध्यक्ष बाबुराम अर्याल र न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्य तथा नारायणप्रसाद पोखरेलको इजलासले आज बहसपछि खड्कालाई नेपाल इन्भेस्टमेन्ट बैंकको बैंक ग्यारेन्टी राखेर धरौटीमा छुट्न...

उपप्रधानमन्त्री उपेन्द्र यादवकी बुहारी मनीषा यादवको निधन

उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवज्यूकी बुहारी मनीषा यादवको निधन भएको छ । लामो समयदेखि क्यानसरको बिरामी रहेकी यादवको मंगलवार दिउसो भक्तपुर क्यान्सर अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।मंगलवारै साँझ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने यादवको पारिवारिक श्रोतले जनाएको छ । संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका उपेन्द्रका छोरा अमरेन्द...

स्थानीय तहमा २९ हजार सहकारी हस्तान्तरण

काठमाडौँ / सरकारले करीब २९ हजार सहकारी संस्था र त्यसको व्यवस्थापन प्रणाली स्थानीय तह एवं प्रदेश सरकारमा हस्तान्तरण गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले सहकारी क्षेत्रको विकासमा आवश्यक नीति, नियम निर्माणलगायत विषयमा सहयोग गर्ने स्थानीय तहमा सहकारीको गतिविधिलाई सक्रिय बनाउने नीति अवलम्बन गरेको छ । देशभर हाल ३४ हजार ५१२ प्र...

निगमले जहाज पूर्ण क्षमतामा उडाउने

काठमाडौँ / नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा रहेका सबै जहाजलाई पूर्ण क्षमतासाथ सञ्चालनमा ल्याउने जनाएको छ । विमान चालक ९पाइलट० को अभाव र मर्मतका लागि ग्राउण्डेड भएका जहाजलाई साता दिनदेखि एक महीनाभित्र सबै जहाज चलाउने तयारी भइरहेको निगमले जनाएको हो । पछिल्लो समयमा पाइलट अभावले सबै चिनियाँ जहाज ग्राउण्डेडलगायतका समाचार सञ्चार माध्यममा आएका थिए...

गरीबी निवारण कोष : गरीबी नाममा टाठाबाठाको रजाइ

काठमाडौँ / गरीबी निवारण कोषमा गरीबको नाममा आएको रकममा टाठाबाठाले रजाइ गर्ने गरेको प्रतिवेदन सार्वजनिक भएको छ । गरीबको नाममा खर्च हुने रकम टाठाबाठाले दुरुपयोग गर्ने गरेको तथ्य राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनले औँल्याएको छ । प्रतिवेदनमा भौतिक पूर्वाधार निर्माण र घुम्ती कोषको रु १८ करोड ५९ लाख ६५ हजार २६९ दुरुपयोग भएको सो प्रतिवेदनले देखाएको छ...

छ सय ६२ सहसचिवको समायोजन

काठमाडौँ / सरकारले ६६२ सहसचिवको समायोजन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ६६२ सहसचिवलाई समायोजन गरिएको बताउनुभयो । उहाँले ती सहसचिवको मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि समायोजन गरिएको बताउनुभयो । उहाँका अनुसार आवेदन दिएको आधारमा सङ्घमा ५६० र...

फुसको छानो हटाई जस्ताको छानो हाल्ने मेयर लाई यस्तो सम्मान…!

मोरङ । मेयरका लागी गाडी किन्न आएको पैसाले नगरभित्रका फुसको छानो भएको घरमा जस्ताको छानो हाल्ने अभियान शुरु गरेका लेटाङ नगरपालिकाका मेयर शंकर राई सम्मानित भएका छन । किरात राई यायोक्खा मोरङको जिल्ला अधिवेशनको अवसरमा उनलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सम्मान गरेका हुन । राई समुदायवाट नगरपालिकाको प्रमुख जस्तो गरिमामय पदमा निर्वाचित भएर लोकप्...

देशभर २७ कैदीको मृत्यु

काठमाडौँ / चालू आर्थिक वर्ष २०७५÷७६ को हालसम्ममा मुलुकभरका कारागारमा २७ कैदीको मृत्यु भएको छ । विभिन्न रोगका कारण ती कैदीको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै केन्द्रीय कारागार जगन्नाथदेवलका कैदी रहेका छन् । कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीले अधिकांश कैदीको बुढ्यौलीका कारण मृत्यु भएको बताउनुभयो । “रुघा, खोक...

नेपाली कर्मचारीलाई भारतमा तालीम

काठमाडौँ / भारतको विदेश मामला मन्त्रालयको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ अन्र्तगत नेपालको अर्थ मन्त्रालयका २० कर्मचारीको दोस्रो टोली सहभागी ‘इन्स्टिच्युट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाइनान्स’ तालीम आजदेखि भारतमा शुरु भएको छ । कूल ६२ कर्मचारीलाई प्रदान गरिने उक्त तालीम १० दिनसम्म सञ्चालन हुने काठमाडौँस्थित भारतीय दूतावासले जनाएको छ ...

बसको ठक्करबाट मृत्यु

काठमाडौँ / सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । आज बिहान कोटेश्वरबाट सिनामङ्गल जाँदै गरेको बा३ख ७०५७ नं को बसले ठक्कर दिँदा सोलुखुम्बुका ४९ वर्षीय पदम कार्कीको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले दुर्घटनाबाट गम्भीर घाइते कार्कीको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको जान...