कृषिमा वित्तीय संस्थाको लगानी निराशाजनक

काठमाडौँ/  नेपाल राष्ट्र बैंकले नीतिगत रुपमा गरेका कतिपय निर्णय नेपालका वाणिज्य बैंक तथा वित्तीय संस्थाले कार्यान्वयन नगरेको पाइएको छ ।लगानी योग्य पूँजीको १० प्रतिशत ऋण कृषि क्षेत्रमा प्रवाह गर्न गरिएको राष्ट्र बैंकको निर्णय कार्यान्वयन हुन नसकेको हो । नेपाल राष्ट्र बैंक नेपालको केन्द्रीय बैंक पनि हो । समीक्षा वर्षमा “क”, “ख” र “ग” वर्गका बैंक तथा ...

निजी विद्यालयले शैक्षिक व्यापार बन्द गर्नुपर्छ :मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निजी विद्यालयले शैक्षिक व्यापार बन्द गर्नुपर्र्ने बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को १३औँ जिल्ला अधिवेशनलाई आज धुलिखेलमा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “अङ्गे्रजी भाषा फरर बोल्दैमा गुणस्तरीय शिक्षा दियौँ भनेर गर्व गर्न मिल्दैन, सरल र सर्वसाधारणल...

तीन सय हप्ता सफा गर्दा पनि वाग्मतीमै ढल

काठमाडौँ/ वाग्मती सफाइ महाअभियान शुरु भएको आगामी शनिबार ३०० हप्ता पूरा हुन लाग्दा नदी किनारवासीले स्वच्छतामा त्यति धेरै परिवर्तन हुन नसकेको टिप्पणी गरेका छन् । विसं २०७० जेठ ५ गते शुरु भएको वाग्मती सफाइ महाभियान जाडो, गर्मी, चाडवाड जस्तोसुकै अवस्थामा पनि जारी छ ।सफाइ अभियानले जागरण फैलाए पनि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले हालेको...

विमानस्थलले उठायो ५५ करोड बढी बक्यौता : अझै डेढ अर्ब बाँकी

काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ११ महीनाको अवधिमा रु ५५ करोडभन्दा बढी बक्यौता उठाएको छ । मङ्सिर मसान्तसम्म विभिन्न वायुसेवा प्रदायक कम्पनीबाट करीब ५० करोड र पुस महीनामा पनि झण्डै सात करोड बक्यौता उठेको विमानस्थल कार्यालयले जनाएको छ ।एक महीनाको अवधिमा ५५ करोड बढी पुरानो बक्यौता उठाइएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताउ...

भालुको आक्रमणबाट घाइते

भालुको आक्रमणबाट आज बिहान तनहुँमा एक जना घाइते भएका छन् । घाइते हुनेमा भानु नगरपालिका–१३, खड्कागाउँका ६० वर्षीय चिजबहादुर कुँवर रहेको जिल्ला प्रहरी कार्यालयुले जनाएको छ ।घर नजिकैको कुखुरा फार्ममा आएको भालु धपाउन खोज्दा कुँवरलाई भालुले आक्रमण गरेको हो । भालुको आक्रमणबाट कुँवरको दायाँ खुट्टा र हातमा चोट लागेको छ । घाइते कुँवरको पोखरास्थित गण्डकी अस्प...

स्ववियु निर्वाचनको मिति चाँडै तोक्ने जानकारी

काठमाडौँ / त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति चाँडै तोक्ने तयारी थालेको छ ।त्रिविका रजिष्ट्रार डिल्लीप्रसाद उप्रेतीले स्ववियु निर्वाचनको मिति अझै नतोकिएकाले चाँडै तोक्नेबारे छलफल भइरहेको जानकारी गराउनुभयो । केही सञ्चारमाध्यमले स्ववियु निर्वाचन मिति फागुन १४ गते भनेर प्रकाशित गरेको प्रति आपत्ति जनाउँदै निर...

तीन ग्यास उद्योगलाई गुणस्तर प्रमाण चिह्न लिन निर्देशन

बनेपा/ जिल्ला अनुगमन समितिले जिल्लामा सञ्चालित तीन ग्यास उद्योगलाई तत्काल गुणस्तर प्रमाण चिह्न लिन निर्देशन दिएको छ ।शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी किरण थापा, नेपाल आयल निगमका उपनिर्देशक प्रलयङ्कर आचार्य र नेपाल गुणस्तर तथा नापतौल विभागका केमिस्ट इञ्जय मानन्धर र बनेपा नगरपालिकाको प्रतिनिधिसहितको टोलीले काभ्रेपलाञ्चोकको बनेपामा रहेको चण्डेश्वर...

दुई लाख नगदसहित १२ जुवाडे पक्राउ

काठमाडौँ / महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जुवा खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ ।वृत्तको टोलीले टोखा नगरपालिका–९ मिलनटोलमा रहेको होटल हाइवेमा जुवा खेलिरहेको अवस्थामा राजु गुरुङ, अभिषेक तामाङ, सन्तकुमार मोक्तान, ताराकुमार श्रेष्ठ, विजय लामा, रोहित कार्की, रामबहादुर गुरुङ, साजन विक, वुद्धराज थेवे, विमल मगर, सनम राई र शान्ति तामाङलाई शु...

निगमले जापान उडानको अनुमति पायो

काठमाडाै/नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान सञ्चालनको अनुमति प्रमाण–पत्र (एओसी) पाएको छ ।निगमको नयाँ ए ३३० वाइड बडी जहाजले काठमाडौँ–ओसाका उडानका लागि क्यानबाट शुक्रबार एओसी पाएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले राससलाई जानकारी दिनुभयो । निगमले करीब आठ महीनाअघि भिन्न मिति...

चार मिनरल वाटर उत्पादक कम्पनीलाई कारवाही

पर्वत /  खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले पर्वत र बागलुङका चार पानी उत्पादक कम्पनीमाथि कारवाही थालेको छ । ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयन नगरेको पाइएकाले ती कम्पनीलाई पानी उत्पादनमा समेत रोक लगाइएको छ । कारवाहीमा पर्नेमा पर्वतका मुक्तिनाथ फुड एण्ड वेभरेज प्रालि र कर्माचार्य ब्रदर्श मिन...