सबैको राय र सुझाव समेटेर विधान संशोधन हुन्छ : नेता सिंह

काठमाडौँ / नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सबैको राय र सुझावलाई समेटेर पार्टीको विधान संशोधन गर्ने बताउनुभएको छ । नेपाली काँग्रेस टोखा नगरपालिका ८, ९, १० र ११ वडाले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले समयअनुसार सबैलाई समेट्नेगरी विधान संशोधन गर्ने बताउनुभएको हो । “सिङ्गो जनतालाई बेवास्था गरेर कुनै नेताक...

नयाँ मुलुकी ऐनसँगै सम्बन्ध विच्छेदको मुद्दा बढ्दो

दाङ / गत भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐनसँगै जिल्ला अदातल दाङ देउखुरीमा पत्नीसँग सम्बन्ध विच्छेदको माग गर्दै ५७ पुरुषले मुद्दा दर्ता गराएका छन् । दाङ देउखुरी अदातलका श्रेस्तदार चुडामणि रेग्मीले भदौदेखि कात्तिक ९ गतेसम्म १०४ सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएको जानकारी दिनुभयो । तीमध्ये ५७ पुरुष र ४७ महिलाले मुद्दा दायर गरेका छन् । नयाँ मु...

अम्बा घाँटीमा अड्कीएर मृत्यु

पोखरा / वालिङ.नगरपालिका–१३ सिख्रेका पाँच वर्षीय प्रिन्स नेपालीको अम्बा खाने क्रममा घाँटीमा अड्किएर मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार प्रकाश नेपालीका छोरा प्रिन्सको आफ्नै घरमा रहेको अम्बा खाने क्रममा मृत्यु भएको हो । अम्बा घाँटीमा अड्किएपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा ल्याउँद...

नक्कली श्रम स्वीकृतिको आरोपमा २५ कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली कागजात बनाई श्रम स्वीकृति दिएको आरोपमा वैदेशिक रोजगार विभाग काठमाडौँ कार्यालय ताहाचलका तत्कालीन २५ कर्मचारीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका १८४ महिलालाई गलत कागजातका आधारमा श्रम स्वीकृति प्रदान गरेको पाइएपछि आयोगले उनीहरु विरुद्ध आरोपत्र दाय...

‘अल्पविकसित भूपरिवेष्टित देशलाई थप स्रोत चाहिन्छ’

काठमाडौँ (रासस) : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले अल्पविकसित एवम् भूपरिवेष्टित देशलाई विकासका गतिविधि सञ्चालन तथा दिगो विकासका लक्ष्य हासिल गर्न अतिरिक्त स्रोत परिचालन अपरिहार्य भएको बताउनुभएको छ । ‘अल्पविकसित भूपरिवेष्टित मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी प्रवद्र्धन’ विषयक बैठकलाई बिहीबार जेनेभामा सम्बोधन गर्दै मन्त्री यादवले ...

कम उमेरमै बलात्कारको शिकार

काठमाडौँ, ९ कात्तिक (रासस) ः बालिकाहरु नै बलात्कारको उच्च जोखिममा छन् । सजिलै प्रलोभनमा पार्न सक्ने र आफ्नो उद्देश्य पूरा गर्नसक्ने भएकाले पनि उनीहरु बढी जोखिममा परेका हुन् । कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नं २ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछिको हत्या यसैको एउटा उदाहरण हो । देशलाई नै तरङ्गीत पार्ने यस्ता घटना दैनिकजसो घटिरहेका छन् । ...

विश्वका ११२ देशसँग नेपालको व्यापार घाटा

काठमाडौँ (रासस) : विश्वका ११२ देशसँग नेपालको व्यापार घाटा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो तीन महीनाको विवरणमा विश्वका १४० देशमध्ये २८ देशसँग मात्रै नेपालको व्यापार नाफामा रहेको छ भने ११२ देशसँग घाटा रहेको छ । नेपालको सबैभन्दा धेरै व्यापार घाटा छिमेकी देश भारत र चीनसँग नै रहेको छ । पछिल्लो ...

तीन वर्षमा थप ४४ हजार हेक्टरमा सिँचाइ सुविधा

काठमाडौँ / सरकारले आगामी तीन वर्षभित्रमा थप ४४ हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने रणनीति अगाडि सारेको छ । राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको मध्यकालीन खर्च संरचनासम्बन्धी कार्ययोजनामा कृषि उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न रणनीतिकरुपमा सिँचाइ सुविधा उपलब्ध गराउन लागिएको हो । त्यसमा सतह सिँचाइ, भ...

हराउँछन् तर भेटिँदैनन् बालबालिका

काठमाडौँ (रासस) : विभिन्न क्षेत्रबाट हराएका बालबालिका भेटिनेक्रम धेरै कम देखिएको छ । उनीहरुलाई घरेलु काममा प्रयोग गर्ने गरेकाले भेटिनेक्रम न्यून देखिएको हो । कतिपय अवस्थामा भेटिएका बालबालिकाको विवरण अभिभावकले पनि दिँदैनन् । चालू आर्थिक वर्षको तीन महीनामा हराएका बालबालिकामध्ये ३६ प्रतिशत मात्रै फेला परे । चौसट्ठी प्रतिशतको अवस्था अज्ञात नै छ । गएको ...

त्रिविकाे ४४ औँ दीक्षान्त समारोहका लागि फारम भर्ने समय सीमा पुनः थप

काठमाडौँ (रासस) : त्रिविले ४४ औँ दीक्षान्त समारोहका लागि फारम भर्ने समय सीमा थप गरेको छ । त्रिविले अनलाइनको फारमा भर्ने अवधि २०७५ कात्तिक ७ गतेसम्म तोकिको थियो । विजयदशमीको लामो बिदाका कारणले गर्दा उक्त अवधि पुनः थप गरिएको त्रिविले जनाएको छ । त्रिविले दशैँ बिदालाई दृष्टिगत गर्दै २०७५ कात्तिक १५ गतेसम्म कायम हुने गरी समय थप गरिएको छ ।