शिक्षा नाफा कमाउने क्षेत्र होइन: मन्त्री पोखरेल

काठमाडौँ/ शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा नाफा कमाउने क्षेत्र नभएको बताउनुभएको छ ।आज चन्द्रागिरि नगरपालिका बलम्बुमा रहेको जापान सरकारद्वारा निर्मित प्रनिधि माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षा क्षेत्रको लगानी नाफा कमाउनेभन्दा पनि देश विकास गर्ने र देश बनाउने क्षेत्र भएको बताउनुभयो । “शिक्ष...

‘आर्ट फर नेचर’मा अवार्ड’ प्रदान

काठमाडौँ / प्राकृतिक कारणले वन्यजन्तु र प्रकृतिमा पारेको प्रभावका विषयमा केन्द्रित रहेर बनाइएका चित्रको आज काठमाडौँस्थित नेपाल कला परिषद्मा प्रदर्शनी गरिएको छ ।चौथो अन्तर्राष्ट्रिय प्रदर्शनी ‘आर्ट फर नेचर’को नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले उद्घाटन गर्नुभयो । उहाँले समाजलाई सन्देश प्रदान गर्न कलाको माध्यमबाट सजिलो ...

राष्ट्रपतिद्वारा बधाई

काठमाडौँ/ राष्ट्रपति विद्यादेवी भण्डारीले मलेसियाको १६ औँ नरेशका रुपमा अल सुल्तान अब्दुल्लाह रियातुद्दिन अल मुस्तफा बिलाह शाह इब्नी सुल्तान हाजी अहमद शाह अल मुस्ता इन बिलाह घोषित हुनुभएकामा बधाई ज्ञापन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज बधाई सन्देश पठाउँदै मलेसियाली नरेशको दूरदृष्टियुक्त मार्गदर्शन र नेतृत्वमा मलेसियाले अझ प्रगति एवं समृद्धि ...

गोकर्णमा विराट ज्ञान महायज्ञ हुने

काठमाडौँ/ काठमाडौँको गोकर्णस्थित वाग्मती, रुद्रमती र चन्द्रमतीको सङ्गम त्रिवेणीमा ‘विश्वशान्ति ऐतिहासिक राष्ट्रिय विराट महायज्ञ तथा आनन्द महोत्सव’ आयोजना हुने भएको छ ।पण्डित रमेशप्रसाद सुवेदीको सङ्कल्पमा यही माघ २२ गतेदेखि महोत्सव सञ्चालन हुन लागेको आज काठमाडौँमा पत्रकार सम्मेलन गरी मूल आयोजक समितिले जानकारी दिइएको छ ।दुई सय ७१ पण्डितबाट कथा वाचन ह...

रकम दुरुपयोग गरेको अभियोगमा मुद्दा

काठमाडौँअख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता माध्यमिक विद्यालय, सिराहाका प्रधानाध्यापक मो सनाउल्लाह खाँले रु दश लाख १८ हजार ६७० बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । विद्यालयको भवन निर्माणको कार्य प्राविधिक लगतअनुसार नगरेको, छात्रवृत्ति वितरण तथा पाठ्यपुस्तक वितरण नगरेको, आर्थिक वर्ष २०६७÷०६८ को प...

व्यापारीलाई त्रास देखाएर रकम ठग्ने पक्राउ

काठमाडौँ / काठमाडौँ मलका व्यापारीलाई त्रासमा पारेर पैसा ठगी गर्दै आएका एक व्यक्तिलाई प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले आज पक्राउ गरेको छ ।गुण्डागर्दी नियन्त्रण तथा फरार अपराधी पक्राउ गर्ने अभियानअन्तर्गत चाबहिल बस्ने राजु भन्ने राजेन्द्रबहादुर गोर्खालीलाई बानेश्वरबाट पक्राउ गरिएको महाशाखाका प्रमुख धीरजप्रताप सिंहले जानकारी दिनुभयो ...

नेपाल बैंकको नाफा एक अर्ब ६६ करोड

काठमाडौँ / नेपाल बैंकले चालू आर्थिक वर्षको छ महीनामा रु एक अर्ब ६६ करोड १४ लाख ९८ हजार नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले रु एक अर्ब ६३ करोड ८४ लाख ५९ हजार नाफा कमाएको थियो । गत आवको छ महीनाको तुलनामा चालू आवको छ महीनामा बैंकले १.४० प्रतिशत बढी नाफा कमाएको हो । बैंकको खुद ब्याज आम्दानी, सञ्चालन मुनाफामा सुधार आए पनि नाफामा भने सामान्य सु...

नेपाल बैंकको नाफा एक अर्ब ६६ करोड

काठमाडौँ / नेपाल बैंकले चालू आर्थिक वर्षको छ महीनामा रु एक अर्ब ६६ करोड १४ लाख ९८ हजार नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले रु एक अर्ब ६३ करोड ८४ लाख ५९ हजार नाफा कमाएको थियो । गत आवको छ महीनाको तुलनामा चालू आवको छ महीनामा बैंकले १.४० प्रतिशत बढी नाफा कमाएको हो । बैंकको खुद ब्याज आम्दानी, सञ्चालन मुनाफामा सुधार आए पनि नाफामा भने सामान्य सु...

वर्षाका कारण खेल दश ओभरमा झारियो

काठमाडौँ/ घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध अन्तिम तथा तेस्रो टी–२० खेल १० ओभरमा झारिएको छ । वर्षा भएपछि निर्धारित समयमा खेल हुन नसकेपछि खेल १० ओभरमा झारिएको हो । १० ओभरको खेलमा नेपालले टस हारेर ब्याटिङ शुरु गरेको छ । दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएईले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ शुरु ग...

सरकारलाई सच्चिन प्रतिपक्षीको भूमिका निर्वाह : सांसद थापा

काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद गगनकुमार थापाले सरकारलाई गल्ती गर्नबाट रोक्न आफूहरूले प्रतिपक्षीको भूमिकामा नियमित दबाब दिइरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै काङ्ग्रेस सांसदहरू आसनबाट उठेर विरोध जनाएपछि सभामुखले काङ्ग्रेसका तर्फबाट सांसद थापालाई बोल्न समय दिनुभएको थियो । सांसद थापाले गिरिजाप्रसाद...