विकल्पद्वारा विप्लव परित्याग

विराटनगर / विप्लव नेतृत्वको नेकपाका धनकुटा–मोरङ सेक्रेटरी दीपक राई (विकल्प)ले पार्टी परित्याग गरेका छन् । पार्टीले लिएको सिद्धान्त ठिक भएपनि व्यवहार गलत भएको भन्दै आफू सो पार्टीबाट अलग भई स्वतन्त्र नागरिकको रुपमा रहने उनले बताएका छन् । राईले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी विप्लव नेतृत्वको नेकपामा व्यवहारमा समस्या देखिएको बताए । ‘पार्टीको गत...

गल्ती गरेका कोही उम्कन पाउँदैनन् : मन्त्री ढकाल

काठमाडौँ / कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले गल्ती गरेका कोही नउम्कनेमा विश्वस्त हुन सांसदलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको बैठक प्रारम्भ हुने बित्तिकै आज बाँके घटनाको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसदहरुले उठेर विरोध जनाई सरकारका तर्फबाट जवाफको माग गर्नुभएपछि कानूनमन्त्री ढकालले घटनाका दोषीलाई कानूनी का...

बिहीबारदेखि मौसममा सुधार हुने

काठमाडौँ / भारतको मध्यप्रदेशस्थित उत्तर–पश्चिमी क्षेत्र र उत्तर प्रदेशको दक्षिण भागमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको असरले देशभर बदली हुनाका साथै वर्षा पनि भइरहेको छ । उक्त प्रणालीको असर आज रातिसम्म कायम रहने र भोलिदेखि मौसममा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद...

थापाथलीस्थित अक्सिन प्लान्टमा विस्फोट, दुई जना घाइते

काठमान्डाै / थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको हाताभित्र रहेको अक्सिजन प्लान्टमा विस्फोट भएको छ । उक्त विस्फोटनमा परी दुई प्राविधिक घाइते भएका छन् । प्लान्ट मर्मत गरिरहेको अवस्थामा विस्फोटन भएको अस्पतालका निर्देशक प्रा डा जागेश्वर गौतमले जानकारी दिनुभयो । घाइतेको नाम अस्पतालले सार्वजनिक गरेको छैन । हाल दुवै जनाको ट्रमा सेन्ट...

बालिकालाई जबरजस्ती करणी गर्ने एकै घरका दुइ जना पक्राउ

झापा / ईलाका प्रहरी कार्यालय दमकले बालिकालाई जबरजस्ती करणी गर्ने १ जना र प्रयास गर्ने १ सहित एकै घरका २ दाजुभाईलाई पक्राउ गरेको छ । सोमबार राती ११ बजेको समयमा झापा घर भएकी १५ बर्षिय बालिकालाई उनकै २३ बर्षिय छिमेकीले फोन गरेर घरबाट ५०० मिटरको जंगलमा बोलाएर जबरजस्ती करणी गरी फरार भएका थिए । आफुलाई जबरजस्ती करणी गरेको भन्दै पिढकको घरमा पुगेकी बालि...

खुल्यो अन्तर्राष्ट्रिय विमानस्थलको अवतरण

लगातारको वर्षाका कारण मौसम प्रतिकूल भएपछि डेढघण्टादेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवतरण खुल्ला गरिएको छ । ‘भिजिविलिटी’ नै नपुग्ने अवस्था आएपछि विमानस्थलले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका सबै जहाजको अवतरण बन्द गराएको थियो । विमानस्थलबाट हुने दुबैतर्फका उडान भने रोकिएको थिएन । डेढघण्टापछि अवरुद्ध अवतरण शुरु गरिएको विमानस्थलक...

पत्रकारको पुनर्बहालीको मुद्दा उठाउदा यसरी समातिए पत्रकार (भिडियो सहित )

काठमाडौं । सिंहदरवारबाट पक्राउ गरिएका पत्रकारलाई महेन्द्र पुलिस क्लवमा ३ घण्टा राखेर छोडिएको छ । रेडियो नेपालको कार्यलयमा तलाबन्दी गर्ने निर्धारित कार्यक्रम अनुसार रेडियो नेपालको कार्यलय पुगेका पत्रकारहरुलाई तीन ट्रक प्रहरी परिचालन गरि पक्राउ गरिएको थियो । रेडियो नेपालको कार्यलय परिसरबाट प्रहरीले ९ जना पत्रकारलाई पक्राउ गरेको थियो । सोमबार...

पाँच महिनामा विपद् बाट २७१ को मृत्यु

काठमाडौँ / पाँच महीनाको अवधिमा विपद्का घटनामा परी २७१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार २०७६ वैशाख १ देखि भदौ २९ गतेसम्ममा विपद्मा परी सो सङ्ख्यामा मृत्यु भएको हो । यस्तै, ६४६ घाइते भएका छन् भने ७६७ व्यक्ति विस्थापित भएका छन् । घटनामा परी एक हजार ६३ चौपाया मरेका छन् । चार हजार ६०७ घर डुबानमा परेका प्रहरी प्रधान कार्यालयले जन...

राप्ती नदी तर्ने क्रममा बगेर बेपत्ता

राप्ती / राप्ती गाउँपालिका–१ माथिल्लो भालुवाङस्थित राप्ती नदी तर्ने क्रममा सोमबार साँझ एक व्यक्ति बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ता हुनेमा वडा नं १ निवासी २४ वर्षीय सुरेश बुढाथोकी रहेका छन् । हिजो साँझ करीब ७ः३० बजे नदी तर्ने क्रममा बुढाथोकी बगेर बेपत्ता भएको र उनको खोजीकार्य जारी रहेको प्रहरी प्रवक्ता विनोदविक्रम शाहले ज...

जापानमा कार्यरत एक नेपालीको मृत्यू

बागलुङ / गलकोट नगरपालिका–७ मल्मका ४१ वर्षीय गङ्गा थापाको जापानमा मृत्यू भएको छ । कमलपित्त रोगबाट पीडित थापाको जापानको सिन्जुकुस्थित अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको गैरआवासीय नेपाली सङ्घ जापानका सदस्य शिबु थापाले जानकारी दिनुभयो । दुई साताअघि रेष्टुराँमा काम गरिरहेका बेला एक्कासी बेहोस भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । गङ्गा १४ ...