रेडहर्ष इलाम पाथीभरा गोल्डकपको सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ / रेडहर्ष क्लब इलाम ताप्लेजुङमा जारी चौँथो पाथीभरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न खेलमा इलामले फिदिम स्र्पोटिङ क्लबलाई ट्राइब्रेकरमार्फत ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमले १–१ को बराबरी खेलेका थिए । फोफोनाको गोलमा इलामले अग्रता लिएको थियो । फिदिमका लागि मनोज गुरुङ...

पाथीभरा गोल्डकपको दोश्रो खेलमा मोरङ बिजयी

ताप्लेजुङ / ताप्लेजुङमा विहिवारदेखि सुरु चौथो पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगिता अन्तरगत शुक्रबारको खेलमा बेलबारी फुटबल क्लब मोरङ बिजयी भएको छ । ट्राईबेकरमा घरेलु टिम ताप्लेजुङ ११ (आयोजक) लाई ५–४ को गोल अन्तरले पराजित गर्दै पाहुना टिम मोरङ बिजयी भएको हो । निर्धारित समय दुवै टिमले गोलरहित बरावरी खेले । ताप्लेजुङका विकास शेर्पा गोल गर्न चुके...

म्याथम्याटिक ओलम्पियाडमा नेपालले अनरेवल मेन्सन सहित २० राष्ट्रहरुलाइ पार्याे पछाडि

काठमान्डाें / गणितको विश्वस्तिरिय प्रतिस्पधा इन्टरनेशनल म्याथम्याटिक ओलम्पियाडमा नेपालले सानदार प्रस्तुती दिएकाे छ । अनरेवल मेन्सन सहित २० राष्ट्रहरुलाइलाइ पछाडि पर्दै नेपाले सान्त्वना पुरस्कार जित्न सफल भएकाे हाे।  यूकेको बाथमा मा भएकाे प्रतियाेगितामा ११४ राष्ट्रको सहभागिता रहेको थियाे । सहभागिहरू मघ्याबाट नेपालका कार्तिकेश मिश्रले सफल भएका हुन् ।...

पाथीभरा गोल्डकपको पहिलो खेलमा ईलाम बिजयी

ताप्लेजुङ / ताप्लेजुङमा विहिवारदेखि सुरु चौथो पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगिताको पहिलो खेलमा रेडहर्ष क्लब ईलाम बिजयी भएको छ । घरेलु टिम पोमु केछाङ स्र्पोटिङ क्लब ताप्लेजुङलाई ३–० गोल अन्तरले पराजित गर्दै ईलाम बिजयी भएको हो । इलामले खेलको सुरुदेखि नै दबावमा राखेको थियो । पहिलो हाफको ८ औँ मिनेटमा पासाङ शेर्पाको गोलमा इलामले अग्रता लिएको थियो ।...

क्रिकेट पिचमा भ्रष्टाचार भएको छैन : घिमिरे

विराटनगर / पछिल्लो समय प्रदेशसभा र सडकमा चर्चामा रहेको मोरङको विराटनगर–१९ मा रहेको अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानको काम रोकिएको छ । प्रदेशसभामा क्रिकेट खेल मैदान निर्माण गर्दा भ्रष्टाचार भएको विषय उठेपछि सम्बन्धित निकायले मंगलबार खेल मैदानमै पत्रकार सम्मेलन गरेर भ्रष्टाचार नगरेको दाबी गरेका छन् । बैजनाथपुर क्रिकेट मैदान तथा स्तरोन्नति व्यवस्थ...

सन्दीपलाई बोलायो अमेरिकी दूतावासले

काठमाडौं / काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई फेरि बोलाएको छ । मंगलबार विहान सन्दीपलाई भिसा दिन अस्वीकार गरेको दूतावासले फेरि बोलाएको हो । दूतावासले भिसा दिन अस्वीकार गरेकाले उनले आफू आश्चर्य परेको भन्दै प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सर गर्दै ट्वीट गरेका थिए । अहिले फेरि दूतवासले सन्दीपलाई बोलाएको...

युवा क्रिकेट लामिछानेलाई अमेरिकाले दिएन भिसा

काठमाडौं / अमेरिकाले युवा क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । क्यारेबियन प्रिमियर लिग खेल्न जान उनले अमेरिकाको भिसा आवेदन दिएका थिए । तर, दूताबासले सन्दीपकाे आवेदन अस्वीकार गर्दै भिसा नदिएकाे हाे । सन्दीपले पीएम नेपाललाई मेन्सन गर्दै ‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु’, भन्ने ट्वीट गरेका छन् । आफूले आवश्यक सबै का...

मुख्यमन्त्री कप अनियमितता छानबिन : विज्ञ टोलीसँग छलफल

विराटनगर / प्रदेश १ मा असार अन्तिममा सम्पन्न मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगितामा आर्थिक अनियमितता तथा तेह्रथुमको टोली घटुवा भएको विषयमा प्रदेशको सार्वजनिक लेखा समितिले सोमबार विज्ञसँग छलफल गरेको छ । विराटनगरस्थित समितिको कार्यालयमा विज्ञका रुपमा पूर्व प्रशिक्षक सन्तोष वानियाँ र फिफाका पूर्वसहायक रेफ्री किरण गिरीसँग प्रतियोगिताका विषयमा ज...

ब्राजिलियन फरवार्ड नेइमारविरुद्ध नाराबाजी

पेरिस सेन्ट–जर्मेन (पिएसजी)का समर्थकहरुले ब्राजिलियन फरवार्ड नेइमारविरुद्ध नाराबाजी गरेका छन् । फ्रेन्च लिग वान फुटबलको नयाँ सिजन अन्तर्गत आइतबार राति निमेससँगको पहिलो खेलका क्रममा घरेलु मैदानमा जम्मा भएका पिएसजी समर्थकले नेइमारविरुद्ध नाराबाजी गरेका हुन् । पिएसजीका समर्थकहरुले ‘नेइमार गो अवे’ तथा ‘गेट लस्ट’ लेखिएको ब्यानर पनि बोकेका थिए । न...

मुख्यमन्त्री कप अनियमितता प्रकरण : तीन दिन समय दिएर पठाइयो पत्र

विराटनगर / मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगितामा आर्थिक अनियमितता भएको विषयमा सार्वजनिक लेखा समिति प्रदेश १ ले आयोजक समितिलाई पत्र काटेको छ । लेखा समितिले औपचारिक रुपमा आयोजक पक्षलाई बोलाएर छानबिन सुरु गरेको एक साता वितिसक्दा समेत आवश्यक काजगपत्र नबुझाएको भन्दै समितिले आइतबार पत्र पठाएको हो । यसअघि गत साउन १७ गते समितिमा भएको छानबिनका क्रम...