भारतमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या फेरि बढ्यो

एजेन्सी / भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६ जना सङ्क्रमित भएका थिए भने बिहीबार सार्वजनिक गरिएको विवरणमा ३० हजारभन्दा बढी सङ्क्रमित भएको उल्लेख छ । बुधबारसम्म चार दिनसम्म एक दिनमा ३० हजारभन्दा कम सङ्क्रमित भएका थिए । ती बिहीबार भने त्यो सङ्ख्या...

सरकार गठनबारे तालिवानमा देखियो यस्तो विवाद

काबुल / सरकार गठनको विषयलाई लिएर तालिवान नेताबीच गम्भिर विवाद देखिएको छ । तालिवानका वरिष्ठ नेताहरूले नै सरकार गठनमा बिबाद भएको स्वीकारेका छन् । समूहका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरदार र मन्त्रिपरिषद्का एक सदस्यबीच राष्ट्रपति निवासमा विवाद भएको हो । बरदार लामो समय सार्वजनिक नभएपछि तालिवान समूहमा केही विवाद भएको हुन सक्ने अनुमान गरिएको थियो । ब...

रोकिएन उत्तर कोरियाको आणविक होड, फेरी व्यालेष्टिक मिसाइल प्रहार

प्योङयाङ / उत्तर कोरियाले दुई ओटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा ती मिसाइल प्रहार गरेको दक्षिण कोरियाले पुष्टि गरेको छ । यसअघि दक्षिण कोरियाले पूर्वी सागरमा एउटा अपरिचित प्रोजेक्टाइल खसेको जनाएको थियो । जापानको तटीय गार्डले पनि उत्तरले ब्यालेष्टिक मिसाइल प्रहार गरेको जनाएको छ । उत्तर कोरियाको पछिल्लो परीक्षणले ...

विद्यालयबाट फैलियो चीनमा कोभिडको लहर

बेइजिङb / चीनमा पछिल्लो समय विद्यालयबाट कोरोना संक्रमण फैलिएको पाइएको छ । फुजियान प्रान्तको एक प्राथमिक विद्यालयबाट संक्रमण फैलिएको चिनियाँ स्वास्थ्य अधिकारीहरूले बताएका छन् । एक विद्यार्थीका बाबुबाट संक्रमण फैलिएको प्रारम्भिक रिपोर्टमा उल्लेख छ । ती विद्यार्थीका बाबुलाई गत साता कोभिड पोजेटिभ देखिएको थियो । विद्यालयका सम्पूर्ण शिक्षक र विद्यार...

कोभिड खोपः विश्वमा कुन देशका बालबालिकालाई कस्तो खोप दिइँदैछ ?

न्युयोर्क / १८ वर्षमाथिका आफ्ना अधिकांश नागरिकलाई खोप लगाएका विभिन्न देशले बालबालिकालाइ पनि खोप अभियान सुरु गरिसकेका छन् । अमेरिकामा ६ महिनादेखि नै बालबालिकामा खोप लगाउन थालिएको थियो भने वेलायतले अब सुरु गर्दैछ । प्रमुख स्वास्थ्य अधिकारीहरूको सल्लाहपछि बेलायतका १२ देखि १५ वर्षका बालबालिकाले फाइजरको एक डोज लगाउने भएका हुन् । खोप विकासमा नयाँ फड्क...

इरानमा ५.१ म्याग्नीच्युडको भूकम्प

इरान / इरानमा सोमबार शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले ५.१ म्याग्नीच्युडको भूकम्प आएको जनाएको छ । तुर्किमिनिस्तानसँगको सीमा क्षेत्रमा पर्ने इरानी भूभागमा सोमबार बिहान भूकम्प आएको अधिकारीहरुले जनाएका छन् । भूकम्प सतहदेखि १० किलोमिटर गइराईबाट आएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पबाट अहिलेसम्म कुनै ...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि घट्यो

नयाँ दिल्ली / भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि कमी आएको छ । पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा लगातार कमी हुदै आएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार भारतमा पछिल्लो २४ घण्टामा २७ हजार २५४ जना नयाँ सङ्क्रमित थपिएका छन् । अघिल्...

कोभिडले एक लाखभन्दा बढी यौनकर्मी संकटमा, पताया र फुकेट सुनसान

फुकेट / थाइल्यान्डको पताया सहरको वाकिङ स्ट्रिट महत्वपूर्ण रेडलाइट जिल्ला हो । तर, अन्नाका लागि भने यसले धेरै ठूलो अर्थ राख्छ । किनिक यो उनका लागि वर्षौं पुरानो कर्मक्षेत्र हो । यहाँ सञ्चालित नाइट क्लब, बार र मसाज पार्लरले केही समयअघिसम्म उनी जस्ता सयौं यौनकर्मीलाई रोजगारी दिएको थियो । ती यौनकर्मी विश्वभरका पर्यटकलाई स्वागत गर्थे । आफ्नो उज्जल भविष्...

अफगान विश्वविद्यालयमा अब छात्रछात्रा सँगै पढ्न नपाउने

काबुल / अफगानिस्तानका विश्वविद्याययमा महिला र पुरषका लागि छुट्टै कक्षा सञ्चालन हुने भएको छ । शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले विश्वविद्यालयमा महिलाले पढ्न पाउने भए पनि पुरुषसँगै अध्ययन गर्न नपाउने बताए । पछिल्लो नीतिले तालिबान शासनमा परिवर्तनको संकेत गरेको छ । छात्र र छात्राका लागि छुट्टै कक्षा सञ्चालन गर्न पर्याप्त स्रोत साधनको अभाव भएकाले ...

तालिवानले भन्यो– महिला कर्मचारी घरमै बस्नु, पुरुष कर्मचारी काममा नफर्किए बर्खास्ती

काबुल / अफगानिस्तानमा तालिवान सरकारले महिला कर्मचारीलाई घरमै बस्न निर्देशन दिएको छ । ‘अनुकूल वातावरण नहुन्जेल’ भन्दै तालिवानले अर्थमन्त्रालयका महिला कर्मचारीलाई घरमै बस्न निर्देशन दिएको हो । तर, पुरुष कर्मचारीलाई भने काममा फर्किन भनिएको छ । पुरुष कर्मचारी काममा नफर्किए उनीहरुलाई जागिरबाट निस्कासन गर्ने चेतावनी दिएको छ । एक तथ्यांकअनुसार अफगानिस...