हाँस्य कलाकार मनोज गजुरेलले पत्रकार सम्झना पौडेललाई दोश्रो ऋषि धमला भनेपछि (हेर्नुहोस अन्तरबार्ता सहित)

काठमाडौ / चाहे नेता हुन या कलाकार दर्शक र स्रोताले मागे अनुसार नै चोटिलो प्रश्न सोध्न माहिर छिन पत्रकार सम्झना पौडेल । सुरिलो स्वरकी धनी सम्झनाको स्वर मात्र नभइ प्रस्तुति पनि असाध्यै मिठासले भरिपूर्ण हुने गर्दछ । त्यसैले उनले अन्तवार्ता लिइसकेपछि चाहे जतिसुकै ठूलो कलाकार होस वा नेता उनको तारिफ नगरि बस्न सक्दैनन । तर यसका साथै कयौ कलाकार तथा नेता भने उनको चोटिलो प्रश्नले झस्कने समेत गरेका छन् । समाजमा आफूले पत्रकारिताको माध्यमबाट यथार्थ कुरा बाहिर ल्याउनका लागि आफ्नो प्रस्तुति यस्तो रहेको सम्झना बताउछिन् ।

भर्खरै उनल एमएमएस इन्टरटेनमेन्ट नामको युट्युव च्यानलका लागि लिएको अन्तवार्तामा उनलाई चर्चित  हास्य कलाकार मनोज गजुरेलले उनलाई नेपालेकी महिला ऋषि धमलाको संज्ञा दिएका छन । अन्तवार्ताका क्रममा उनले सम्झनाको आवाज र प्रस्तुति असाध्यै राम्रो रहेको र सम्झनाको पत्रकारिताको भविश्य उज्वल रहेको समेत भन्दै तारिफ समेत गर्न भ्याएका छन् ।

पत्रकार सम्झना पौडल बिगत एक दशक देखि अनवरत रुपमा पत्रकारिता पेशामा संलग्न छिन् । हेटौडा बाट सुरु भएको उनको पत्रकारिता यात्रा काठमाडौ सम्म आइपुग्दा उनले सगरमाथा टेलिभिजनमा समाचारबाचिका देखि लिएर बिभिन्न अनलाइन पत्रिका,एफएम रेडियो लगायत युट्युव च्यानलहरुमा समेत काम गर्दै आएकी छिन । १३ बर्षको कलिलो उमेरमै यिनले हेंटौडाको स्थानिय एफएममा समाचार बाचनको काम सुरु गरिसकेकी सम्झना आफूलाई यस क्षेत्रमा अगाडि बढ्न थुप्रैको सहयोग र साथ पाएको बताउछिन ।

हेर्नुस मनोज गजुरेलसग एमएमएस इन्टरटेनमेन्ट च्यानलका लागि पत्रकार सम्झना पौडेलले लिएको अन्तवार्ता भिडियो 

न्यूजअभियानबाट

तपाईको प्रतिक्रिया

Loading...