सम्झनाले अप्ठ्यारोमा पारेपछि मोडल रश्मी र राजु अलपत्र (भिडियो सहित)

फूल फुलेर पहेलै भयो बोलको गीत मार्फत दर्शक श्रोता माझ छाएकी सम्झना लामिछाने मगरको आजमा रहेको अर्को आशा लाग्दो गीत बजारमा सार्बजनिक भएको छ, स्वाभिमान क्रिएशनले बजार ब्यबस्थापन गरेको “अप्ठ्यारोमा पार्यो मायाले ” भन्ने बोलमा रहेको रमाइलो गीतको प्रस्तुत कर्ता राजु महोत्रा छेत्री हुन्, पछिलो समयमा देश विदेशको कार्यक्रमहरुमा भ्याई नभ्याई रहेकी सम्झना लामिछाने मगर र बुटवलका गाएक तथा शब्द संकलक समेत रहेका बिधान कार्की को स्वरमा रहेको गीतमा लय बिधान कार्कीकै छ भने शब्द दीपक दर्लामी मगर र राजु महोत्रा छेत्रीको रहेको छ ।

अविरल फिल्म्स प्रा लिले भिडियो निर्माणको जिम्मा लिएको भिडियोलाई बुटवलकै निर्देशक बिष्णु भट्टराईले निर्देशन गरेका छन्, टंक केसी को छायांकन रहेको छ भने सगुन शर्माको श्रीन्गार देख्न सकिन्छ , यति धेरै कोरस र मोडर्न ड्रेस सहित भब्य रुपमा शूटिंग गरिएको यो भिडियो बुटवलकै पहिलो भिडियो हो ।

aptharoma_paryo

अहिलेकी चर्चित मोडल रश्मी तामांग र राजु महोत्रा छेत्रीको अभिनय रहेको भिडियोमा निर्देशक बिष्णु भट्टराईले बागेस्वोरी संगीतालय बुटवलका डान्सरहरुलाई राखेका छन, बुटवलको नया बसपार्क , मिलनचोक , राजमार्ग चौराहा , बागेस्वोरिको सभाहल र होटेल डेनोवो क्लबमा छायांकन गरिएको भिडियोमा निर्देशक बिष्णु भट्टराईकै सम्पादन रहेको छ, हेरौ यो रमाइलो भिडियो

तपाईको प्रतिक्रिया