शेरधनलाई मेयर चौधरीको दनक, बिहे गर्ने छैन छनक (भिडियो सहित)

धरान । सिंह चाँहि काठमाण्डौमै रहेको र थोत्रो दरबार मात्र गाँउमा आएको सुनसरीको ईटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले बताएका छन । उनले आफुलाई प्रदेशको भर नभएको र केन्द्रको मात्र थोरै भर भएको उनले बताए ।

सुनसरीको धरानमा शुक्रबार बिहान आयोजित समुदाय साझेदारी कार्यक्रममा उनले मुख्यमन्त्री शेरधन राईकै अगाडि प्रदेशको भर छैन भन्दा मुख्यमन्त्रीले शिर निहुराए । उनले मुख्यमन्त्री तर्फ ईगिंत गदै ब्यंग्य कसे मुख्यमन्त्रीले कुनै त्याग नै गर्नुपर्दैन किनकी उहाँले बिवाह नै गर्नुभएकौ छैन । त्याग त हामीले गर्नुपर्छ । हालसम्म अबिवाहित रहेका मुख्यमन्त्रीलाई उनले ब्यंग्य गर्दा हलमा हाँसो गुञ्जियो । कार्यक्रममा उनले भाषणले काम नहुने र काम गर्नुपर्ने बताए ।

राम्रो काम गर्दा पटक पटक आफु अख्तियारमा बयान दिनु परेको भन्दै उनले आफुले नबरिाएको कारण कहिल्यै नडराएको बताए । संघिय सरकारले स्थानीय निकायको अधिकार सबै केन्द्रमै तानेका कारण स्थानीय निकाय बिना अधिकारको बनेको उनले बताए । सडक शुसासनका लागी आफुले प्रशस्त बजेट छुटयाएको समेत उनले बताए । मुलुक बनाउन ठुलो त्याग गर्नुपर्ने उनले बताए ।

पछिल्लो समय भ्रष्टचारबिरोधी अभिब्यत्ति दिएर चर्चामा आएका चौधरी पछिल्लो समय दैनिक रुपमा बिभिन्न स्थानमा आयोजना गरिएका भ्रष्टचार बिरोधी कार्यक्रममा सहभागी भईरहेका छन । बिहिबार मात्र उनी मोरंगको पथरीमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रम अबधिभर हाँसोले हल गुञ्जियो ।

तपाईको प्रतिक्रिया

Loading…