विचित्रकै छ संसार ! अनौठो यस्तो परम्परा ! गिद्दलाइ लास खुवाउने देखि सँगै सुत्नेसम्म (फोटो/भिडियो सहित)


संसारमा थुप्रै किसिमका मानिसहरु बसोबास गर्दछन् । सबैको आफ्नै मूल्य, मान्यता र परम्परा हुन्छन् । यसमध्ये कुनै निकै सजिला हुन्छन् भने कुनै निकै कठिन । अझ कुनै त अचम्म लाग्दा पनि । यस्तै अचम्म लाग्दा परम्पराबारे हामी तपाईंलाई बताउँदै छौं ।

तिब्बत, किंगघई र मंगोलियामा अन्तिम संस्कारको लागि शवलाई काटेर खुल्ला आकाशमुनी गिद्धको लागि छोडिन्छ । यो परम्परा उनीहरुको लागि निकै साधारण हो । यसका लागि मृतकका आफन्तले सहयोग गर्दछन् । यसो गर्नाले मर्ने व्यक्तिले मोक्ष प्राप्त गर्छ भन्ने उनीहरुको विश्वास छ ।

५० फिटको उचाईबाट बच्चालाई फ्याँक्नुः

भारतको महाराष्ट्र, कर्नाटकसहित केही अन्य भागमा यो परम्परा विगत ५ सय वर्षदेखि चलिआएको हो । हुन त यो परम्परा अपनाउन खतरा छ तर पनि मानिसहरु यसो गर्न पछि हट्दैनन् । यसो गर्नाले बच्चाको भाग्य बलियो हुने त्यहाँका मानिसहरुको मान्यता छ ।

हुकले आफूले आफैंलाई झुण्ड्याउनुः

भारतको राज्य केरलमा ‘इगल ह्याङ्गिङ’ परम्परा कायम छ । मानिसहरुले काली मन्दिरमा गरुणजस्तै लुगा लगाएर आफूले आफैंलाई हुकमा झुण्डाउने गर्दछन् । यसो गर्नुपूर्व उनीहरु धेरै नाच्दछन् ।

जनावरको बली दिनुका साथै कंकालको पूजा गरिनुः

उत्तर अमेरिकामा बस्ने वूडू ट्राइब्सका मानिसहरु पनि निकै अचम्मका परम्परा मान्ने गर्दछन् । जनावरको बली दिनुका साथै उनीहरु कंकालको समेत पूजा गर्दछन् । वास्तवमा, यसो गर्दा वूडू देवी खुसी हुन्छिन् र उनीहरुको रक्षा गर्छिन् भन्ने विश्वास त्यहाँका जनमानसमा छ । । यति मात्र होइन, यसले दुखकष्टबाट पार लगाउनुका साथै रोगलाई पनि नजिक आउन नदिने उनीहरुको विश्वास छ ।

मरेको मान्छेसँगै बस्नु, सुत्नु र खाना खुवाउनुः

इन्डोनेसियामा एउटा यस्तो सम्प्रदाय छ जो मृत्युपश्चात पनि शवलाई आफूसँगै राख्छन् । यति मात्र होइन, उनीहरुलाई जिउँदो मानिसजस्तै खानासमेत खुवाइन्छ । इन्डोनेशियाको टोराज सम्प्रदायका मानिसहरु मृत्युपछि पनि जीवनलाई विश्वास गर्छन् । उनीहरुका लागि मरेका मानिसहरु पनि जिउँदा हुन्। उनीहरु मरेको मानिसलाई चिहानबाट निकालेर खाना खुवाउँछन् र उनीहरुसँगै समय बिताउँछन् । मृत्युपछि जीवनको अर्को चरण सुरु हुन्छ भन्ने उनीहरुको मान्यता छ । यो परम्परालाई इन्डोनेसियाको लाखौं मानिसहरुले मान्छन् । यो सम्प्रदायमा मरेका मानिसहरुको अन्येष्टि पनि भिन्न प्रकारले हुन्छ ।

भिडियाे

तपाईको प्रतिक्रिया

Loading…