रंगशालामा डोजर चल्यो तर, चितवनबाटै धुर्मुसलाई सहयोगको ओइरो (भिडियोसहित)

चितवन । चितवनको रामपुरमा बन्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि सहयोग घोषणा भएको छ । शुक्रबार भरतपुर गार्डेन रिसोर्टसहित केही व्यवसायीले रंगशाला निर्माणार्थ सहयोग घोषणा गरेका हुन् । रंगशालाको पर्खाल भत्किएको विषय चर्चामै रहेका बेला चितवनबाटै सहयोग घोषणा भएको हो ।

भरतपुर गार्डेन रिसोर्टले धुर्मुस–सुन्तली फाउण्डेशनले बनाउन लागेको रंगशालाका लागि एक लाख एक रुपैयाँ सहयोग घोषणा गरेको छ । रिसोर्टले आफ्ना सबै कर्मचारीहरुको दुई दिनको पारिश्रमिक र त्यसमा केही रकम थप गरी एक लाख रुपैयाँ पुर्याएर शुक्रबार फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’लाई प्रदान गरे । होटलका कार्यकारी निर्देशक दीपेन्द्र पोखरेलले एक लाखको चेक धुर्मुसलाई हस्तान्तरण गरेका थिए ।

त्यस्तै सोही कार्यक्रमका बीच निर्माण व्यवसायी रेगन पन्तले रंगशालाका लागि आफ्नो तर्फबाट दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे । भरतपुर गार्डेन रिसोर्टले रंगशाला निर्माणका लागि चितवनमा रहँदा धुर्मुस सुन्तलीका लागि आवासको समेत व्यवस्था गर्ने रिसोर्टका कार्यकारी निर्देशक पोखरेलले बताए ।

तपाईको प्रतिक्रिया

Loading…