यस्तो छ सिमा मगरले झाडीमा फालेको बच्चाको स्वास्थ्य अवस्था, केटाको परिवार बच्चा स्वीकार्न तयार (भिडियो)

पोखरा / बाटुलेचौरकी ३२ बर्षिय सिमा मगरले अबैध बच्चालाई जन्म दिई बाँसको घारीमा फलेपछि यस बिषयले चर्चा पाएको छ । सिमा मगरकै बयानका आधारमा उत्तम मगर प्रहरी नियन्त्रणमा छन् थप अनुसन्धान कास्की प्रहरीले गरिरहेको छ ।

गण्डकी अस्पतालमा बच्चा र आमाको उपचार भईरहेको छ भने बच्चाको स्वास्थ्य सुधारोन्मुख अवस्थामा रहेको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताउनुभयो । बच्चालाई जण्डिसको संकेत देखिएकाले केही दिन अस्पतालमा राख्नुपर्ने उहाँको धारणा थियो । अस्पताल परिसरमै आफू आरोपीत उत्तमकी दिदी बताउने उषा मगरले बच्चा परिवारले स्वीकार्ने दावी गरिन् । उदयपुरमा उत्तमको परिवार रहेको र श्रीमतीले पनि आफू मिलेर बस्न तयार भएको बताएको उनै दिदी बताउने उषाले हामीलाई जानकारी दिईन् ।

यस्ता घटनाहरु अरु महिलाले भोग्न नपारोस् भनेर हामीले सिमा मगरको समस्या बरिष्ठ स्त्री रोग बिशेषज्ञ डा. इन्दु पुनसंग राखेका थियौं । डा. पुनले पनि बेलैमा सचेत भएर स्थायी साधन प्रयोग गर्न सके वा बच्चा भईहालेमा औषधी मार्फत पनि हटाउन सकिने बताउनुभयो ।
(भिडियो)

तपाईको प्रतिक्रिया

Loading…