प्रेमीले यसरी तुहाईदिए शिखाको अष्ट्रेलिया जाने सपना (भिडियाे)

बेलबारी । सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । रंगिन जिवनको सपना देखिरहेका र सँगै जिउने सँगै मर्ने कसम खाईरहेका प्रेमीले नै आफनो हत्या गर्लान भनेर कस्ले सोचेको हुन्छ र ?

तर शुक्रबार बिहान मोरङको ग्रामथान गाँउपालिका ५ तेतरियास्थित सिद्राहामा त्यस्ते घटना भयो । बिराटनरकी २३ बर्षीया शिखा घिमिरेलाई उनका प्रेमी भनाउँदा बिराटनगर १३ का ३० बर्षिय दिनेश भट्टराईले बिभत्स हत्या गरे । सँगै डेटिङ गएका प्रेमीले उनलाई अन्धाधुन्द खुकुरी र छुरा प्रहार गरे । सोही चोट खप्न नसकेर तत्काले उनले प्राण त्याग गरिन ।

दुवैजना घरबाट घुम्न भनेर शुक्रबार विहान को १७ प १७२३ नम्बरको स्कुटरमा निस्किएका थिए । घुमघामकै क्रममा भट्राईले आफूसँग रहेको धारिलो हतियार प्रहार गरी हत्या गरेकोे मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए । हत्यापछि शव नहरको डिलमा फ्यालेर भाग्न खोज्दै गर्दा भट्टराईलाई स्थानीय बासिन्दाले घेरा हालेर नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएका छन् । नियन्त्रणमा लिन खोज्दा उनले स्थानीय बासिन्दालाई आफूसँग रहेको छुरा निकालेर प्रहार गर्न खोजेको एसपी केसीले बताए । त्यस क्रममा गाउँलेसँग घम्साघम्सी हुँदा छुराले भट्राईको हात समेत काटेको छ ।

पक्राउ गरिएका उनलाई इलाका प्रहरी कार्यालय बेलबारीमा लगेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दुईजना प्रेमी–प्रेमिका भएको पत्ता लागेको छ । ‘दुईजना केही समयदेखि प्रेममा रहेको कुरा खुलेको छ,’ एसपी केसीले भने, ‘युवतीले धोका दिन खोजेको भनेर युवकले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

उनका अनुसार हत्या गरिएकी युवती एक सातापछि अस्ट्रेलिया जाने तयारीमा थिइन । अरु नै केटासँग लागेर धोका दिँदै अष्ट्रेलिया जान खोजेकाले आफूले हत्या गरेको बयान भट्राईले प्रहरीलाई दिएका छन् । ‘केही दिनदेखि शिखा अरु नै केटासँग लागेको थाहा पाएँ । उनी एक सातापछि अष्टे«ेलिया जाँदै थिइन,’ भट्राईलाई उधृत गर्दै प्रहरीका एक अधिकारीले भने, ‘अरु केटासँग नलाग्न धेरै सम्झाउँदा पनि उनले मानिनन् ।

त्यसपछि सँगै घुम्न गएको मौकामा एकान्त ठाउँमा लगेर हत्या गरेको हुँ ।’ स्थानीय बासिन्दाले युवतीको विभत्स शव भेटेपछि हत्या गरेर भाग्दै गरेका युवकलाई समातेर प्रहरीलाई खबर गरेका थिए । युवतीको अनुहार, घाँटी र पेटमा धारिलो हतियार प्रहार गरेर विभत्स हत्या गरिएको प्रहरीले जनाएको छ । एसपी केसीले भने, ‘धेरै तिर धारिलो हतियार प्रहार गरिएको कारण शव चिन्न सक्ने अवस्थामै थिएन ।

याे पनि पढ्नुहाेस्

प्रेमिकाकाे बिभत्स हत्या गरी भाग्न खाेज्दा गाँउलेले समाते हत्यारा प्रेमी (८ तस्विरहरू सहित)

Purbeli TV

तपाईको प्रतिक्रिया