‘म पिम्पल त लुकाउन सक्दिँन, प्रेमी कसरी लुकाउनु’–केकी अधिकारी (पूरा भिडियो)

काठमाडौं / नेपाल टेलिजिनमा प्रशारित शो ‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो भाग सार्वजनिक भएको छ । सोमबार सार्वजनिक भएको उक्त तेस्रो भागमा नायिका केकी अधिकारी अतिथिको रुपमा आएकी छन् ।

हरेक सोमबार साँझ ८ः५० मा प्रसारण हुने उक्त कार्यक्रममा ‘छक्का पञ्जा ३’ निर्देशक दीपाश्री निरौला कार्यक्रम अध्यक्षको भूमिकामा देखिन्छिन् ।पहिलो एपिसोडमा दीपकराज गिरी, दोश्रोमा करिश्मा मानन्धर एवं केदार घिमिरे ‘माग्ने बुढा’ आएका थिए भने तेस्रो भागमा केकी गेष्ट बनेर आएकी हुन् ।

उक्त कार्यक्रममा केकीले आफूले प्रेमी लुकाउन नसक्ने बताएकी छन् । कार्यक्रम सञ्चालक जितु नेपाल ‘मुन्द्रे’ले सोधेको एक प्रश्नमा यस्तो बताएकी हुन् । मुन्द्रेले उनलाई तपाईंले प्रेमी लुकाउनु त भएको छैन भन्ने प्रश्नमा केकीले भनेकी छन्, ‘म गालाको पिम्पल त लुकाउन सक्दिँन ब्वाइफ्रेण्ड कसरी लुकाउनु ?’

हेर्नुहोस् पूरा भिडियोः

तपाईको प्रतिक्रिया

Loading…