मापदण्ड विपरीत सडक बनेको भन्दै विरोध गर्ने मैनालीकाे भिडियाे बन्याे भाइरल (भिडियाे सहित)

इटहरी । व्यापारिक मार्ग बिस्तार आयोजना अन्तर्गतको रानी विराटनगर इटहरी धरान सडकको निर्माण मापदण्ड विपरीत भएको भन्दै विरोध गर्ने युवालाई तोडफोडको आरोप लगाईएको छ । इटहरी मुख्य चोकमा व्यापारी र पहुँचवालाको भरमा अन्य ठाउँ भन्दा सानो बनाएको भन्दै विरोध गर्ने नवराज मैनालीलाई तोडफोडको आरोपमा पक्राउ गरिएको हो ।

मैनालीले इटहरीमा पनि अन्य स्थानको जस्तै समान बाटो बनाउनु पर्ने भन्दै निर्माण स्थलमा नै गएर काम रोक्न आग्रह गरेका थिए । आक्रोशित अवस्थामा रहेका मैनालीले गोरखा डिपार्टमेन्ट स्टोरको सटर भने लगाई दिएका हुन । डिपार्टमेन्ट स्टोरको सटर लगाएका मैनालीलाई तोडफोडको आरोपमा पक्राउ गरेको प्रहरीले ७ घण्टा नियन्त्रणमा लिएर बुधवार नै छाडेको छ ।

 

तपाईको प्रतिक्रिया

Loading…