भ्यालेन्टाइनमा इन्दिराले कस्लाई भनीन् आई लभ यु ….

नेपाली शाकिराको उपनाम पाएकी गायिका इन्दिरा जोशि चर्चाको शिखरमा छिन् । नेपाली तारा बन्ने दौडसँगै गायन यात्रामा अघि बढेकी इन्दिराका हरेक गीत अहिले लोकप्रीय बन्दै आएका छन् । देश विदेशका स्टेज कार्यक्रममा पनि उनको माग निकै बढ्दै गएको छ । दर्शकहरुलाई मिठो गायनसँगै उत्कृष्ट नृत्यले लठ्ठ बनाउने इन्दिरा अविवाही छिन् । यसै कारण पनि उनलाई चाहानेहरुको कमी छैन । यहि मेसोमा उनको एउटा नयाँ गीत अहिले चर्चामा छ । भ्यालेन्टाइनको यो माहोलमा उनको आई लभ यु बोलको गीतले दर्शकको मन तानेको छ ।

गीतमा इन्दिरालाई गायक सरोज ओलीले साथ दिएका छन् । यस्तै कुञ्जना घिमिरे (सुन्तली), सिताराम कट्टेल (धुर्मुस) र पल शाहले गीतको भिडियोमा मोडलिङ गरेका छन् । गीत युट्युबमा अपलोड भएको दुई साता नबित्दै करिब ३ लाख २४ हजार पटक हेरीएको छ । फेसबुकमा पनि यो गीत अहिले भाइरल भइरहेको छ । हेर्नुहोस् गीतको भिडियो ।

तपाईको प्रतिक्रिया