फेसबुकले श्रीमती बिगार्यो (भिडियाे)

सामाजिक संजालको प्रयोग कर्ता बढे संगै यसबाट निम्तीएका समस्याहरु पनि अनगिन्ति छन् ।  सामाजिक संजालदेखि नै अर्कालाई गालि गलौज गर्नु , अपमान गर्नु , अनाबश्यक खण्डन गर्नु , डर त्रास धम्कि दिनु सामान्य जस्तैभएको छ । अझ अर्को समस्या त धेरै भन्दा धेरै online बस्नु अपरिचित संग कुराकानी गर्नु नजिक हुनु ,फोटो टयागगर्नु आफ्नो कमेन्ट बढाउन खोज्नु , पोस्टमा आउने like बढाउनु , घरपरिवारमा समय दिन नसक्नु, जस्ता कुरालेघरबार बिग्रिएका घटना पनि ताजै छन, यी र यस्तै बिसय बस्तुलाई समेटी एउटा नेपाली छोटो फिल्म सार्बजनिकभएको छ, पछिल्लो समयमा अर्थ न बर्थ संगै नाङ्गा भिडियोलाइ छोटो फिल्मको नाममा सस्तो लोकप्रियता कमाउनखोज्ने हरुलाई पनि राम्रो झापड हानेको छ । सामाजिक संजाल कै कारणले लोग्ने स्वास्नीमा देखिएको खटपट लाइरमाइलो पारामा प्रस्तुत गरिएको छ ।

२४ सै घण्टा फेस बुक मा online बस्ने श्रीमतीलाइ व्यंग्य गर्दै “तिमीलाई facebook  ले अवार्ड दिएछ ” भन्ने प्रसंगले र जड्याहा साथि को बिचमा तेरी बुढी च्वाक छे भन्नु, अनाबस्यक निहु खोज्नु  नौटंकीले फिल्मलाइ रोचक बनाएको छ l अन्त्यमा साचो माया मा संका उपसंका नगरौ भन्ने प्रसङ्गसंगै अन्त्य गरिएको दृश्यले दर्शकको आखा पक्कै रसाउछ । फेसबुकमै भेटिएका र देखिएका बिसय बस्तुलाई समेटेरेकथा बनाइएको १६ मिनेट ४० सेकेन्ड लम्बाई भएको शर्ट फिल्मको नाम ” चोखो माया ” “True Love ” राखिएको छ, बिष्णु भट्टराईको लेखन/ निर्देशन तथा सम्पादन रहेको फिल्ममा मोडल कृष्ण बाबु , मोडल तथा उद्घोषक शितलशर्मा र मोडल तथा मीडिया कर्मी सबिन बरालको अभिनय र  सगुन शर्माको श्रींगार रहेको यो छोटो चलचित्रलेतपाइको मन  पक्कै छुने छ हेरौ यो भिडियो   ।

तपाईको प्रतिक्रिया