फिल्म ‘सत्रु गते’ युट्युबमा सार्बजनिक (भिडियो सहित)

ईटहरी/ २ वर्षअघि सिनेमा घरमा प्रदर्शन आएको फिल्म “सत्रु गते”लाई अब भने युट्युबमा हेर्न पाईने भएको छ । प्रदर्शन पश्चात् सिनेदर्शकको मन जितेको फिल्मले प्रदर्शन अगाबैदेखी चर्चामा थियो । यो संगै दिपक राज गिरीका अनुसार यसपछि “छक्का पन्जा ३” पनि छिट्टै सार्बजनिक गरिने छ । तर सो फिल्म कुन मितिमा युट्युबमा आउने भन्ने कुरा भने खुलाएका छैनन् । फिल्म “सत्रुगते” लाई ओएसआर नामक युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ । हेर्नुस पुरा फिल्म

चर्चित कलाकारहरूको जम्बो टोलि फिचर्ड भएको फिल्मलाई मह संचारको ब्यानरमा निर्माण गरिएको हो । फिल्मको “रुपै मोहनी” बोलको गीत लगायत अरु गीतका कारण हाईप झनै बढेको थियो । फिल्मलाई ‘जात्रा’ फेम निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद रहेको फिल्मका कार्यकारी निर्माता किरण केसी हुन् ।

नायक पल शाह र नायिका आँचल शर्मा यो फिल्ममा मुख्य भूमिकामा रहेका थिए भने पल र आँचलका अलावा फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेल लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौडेल फिल्मका निर्माता हुन् ।

तपाईको प्रतिक्रिया

Loading…