प्रेमीको चितामा प्रेमीकाको हातबाट दागबत्ति (हेर्नुहोस भिडियो )

काठमाडौं। केही दिनअघि पुर्वाञ्लमा कालपानिक चलचित्रको कथा जस्तो लाग्ने घटना घटेको थियो । जुन घटना प्रेमीप्रेमीकामा रहेको जोडी श्रीमान श्रीमतीमा परिणत हुने क्रममा थियो । तर, उक्त जोडी श्रीमान श्रीमतीमा परिणत नहुँदै प्रमीको मोटरसाईकल दुर्घटनामा मृत्यु भयो । जुन घटना पत्याउनै गाह्रो हुनेखालको भयो । उक्त सत्य घटनालार्इ आधार मानि एक लघुचलचित्र ‘प्रेमीलाई प्रेमिकाको हातबाट दागबत्ति’ निर्माण गरिएको छ । जस्लाई गीतकार तथा निर्देशक शंकर अधिकारी ‘घायल’ले लेखेका हुन्, भने निर्देशन पनि ‘घायल’ले नै गरेका हुन् ।

समाजमा विद्यमान रहेको छोरी चेलिले दागबत्ती दिनु हुदैन भन्ने परम्परालाई पनि यो घटनाले केही शिक्षा प्रवाह गर्दछ । सोही शिक्षा प्रवाह गर्ने हेतुले उक्त चलचित्र ‘प्रेमीलाई प्रेमिकाको हातबाट दागबत्ति’ निर्माण गरिएको निर्देशक ‘घायल’ले बताए ।

चलचित्रलाई एच सफरले छायांकन गरेका हुन् भने, प्रेम शर्मा पौडेले सम्पादन गरेका हुन् । उक्त लघुचलचित्रमा राम शरण खत्री, बबिता भट्ट, शरण थामी, निशान चिलुवाल, गणेश साउद र बिलबहादुर थामीको अभिनय रहेको छ । ‘प्रेमीलाई प्रेमिकाको हातबाट दागबत्ति’लाई एनएचएस मिडिया ग्रुपद्वारा सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...