प्रियंका कार्की अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियाे सहित)

अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । चरी जस्तै उड्न पाए बोलको गीतमा प्रियंका छमछमी नाँचेकी छिन्। मेलिना राईको स्वर रहेको गीतमा मञ्जुला राजकर्णीकारको शब्द रहेको छ भने संगित बसन्त सापकोटाले दिएका छन्। निकै मर्मस्पर्शी गीतले टिपिकल नेपाली लोक शैलीलाई पछ्याएको छ । म्युजिक भिडियोको निर्देशन कविराज गहतराजले गरेका छन् भने छायांकन शिवराम श्रेष्ठको छ । भिडियोको सम्पादन भुपेन्द्र अधिकारीले गरेका छन् । गीतलाई शुभ मिडिया होम प्रालीले बजारमा ल्याएको छ ।

तपाईको प्रतिक्रिया

Loading...