प्यारी छोरी सोनम कपुर समलिंगी भएको थाहा पाएपछि तनाबमा अनिल कपुर


एजेन्सी- फिल्म ‘एक लडकी को देखा तो ऐसा लगा’को ट्रेलर रिलिज भएको छ । ट्रेलर मा अनिल कपुर, सोनम कपुर, राजकुमार राव, जुही चावलाको शशक्त अभिनय रहेको छ ।

यो फिल्ममा अनिल कपुर र सोनम कपुर पहिलोपटक एउटै फिल्ममा देखिँदेछन् । फिल्ममा पनि यी दुईको भूमिका बाबुछोरीकै छ । शैलु चोपडाको निर्देशनमा बन्ने फिल्मको निर्माण विधु विनोद चोपडा र राजकुमार हिरानीले गर्दैछन् । फिल्मको टे्रलरलाई अत्यन्तै मन पराइएको छ । फिल्म आगामी फेब्रुअरी १ मा रिलिज हुने बताइएको छ ।

पंजाबी परिवारका अनिल कपुर छोरी सोनम कपुरको विवाह छिटोभन्दा छिटो गरिदिन चाहन्छन् तर खास कारण उनको विवाह हुन सकिरहेको छेन । यही कारणको वरिपरि फिल्मको कहानी घुम्नेछ । ट्रेलरमा देखाइएअनुसार फिल्ममा सोनम कपुर समलिंगीको भुमिकामा देखा परेकी छन् । हेर्नुहोस् ट्रेलर

तपाईको प्रतिक्रिया