पोखराकी यौन व्यवसायीले खुलेर यस्तो भनिन्(भिडियोसहित)

काठमाडौं । पर्यटकीय नगरी पोखरा प्राकृतिक सौन्दर्यको कारण नेपाली मात्र होइन विश्वका धेरै मुलुकका पर्यटकका लागि समेत प्रमुख गन्तव्यका रुपमा रहेको छ । त्यसैले नेपाल आएका पर्यटक पोखरा नपुगि फर्कने गरेको घटना विरलै होलान् । पर्यटन संस्कृतिमा अब्बल मानिएको पोखरा पछिल्लो समय यता यहाँ लुकीछिपी हुने देह व्यापारका कारण केही बद्नाम समेत हुन थालेको छ । पोखराको बाग्लुङ्ग बसपार्क र लेकसाइड क्षेत्र खुलेआम देहव्यापार हुने स्थानका रुपमा चर्चामा आएका थिए ।

पर्यटकीय नगरी पोखरामा खाना बस्नको नाममा खोलिएका होटल तथा रेष्टुरेन्टमा हुने गरेका यस्ता अवैधानिक व्यवसाय संचालन गरेका कयौँ व्यवसायी करोडपति बने । तर विभिन्न बहनामा देहव्यापारमा संलग्न युवातीहरु भने रोडमा पुगे । नारीको शरीर माथि बार्गेनिङ्ग चलाएर करोडौँ आर्जन गरेका मालिकहरु यत्तिबेला गुमनाम छन् । केही रुपैयाँकालागि आफ्नो अस्मितासँग सम्झौता गरेर यौनभोगीहरुलाई सन्तुष्ट दिने युवतीहरु सामाजिक प्रतिष्ठालाई नै बन्धकीमा राखेर विभिन्न तवरबाट अझै यौनव्यवसायमै संलग्न छन् । यत्तिबेला देह व्यापारको अखडाका रुपमा बदनामी कमाएको पोखरा बाग्लुङ्ग बसपार्क र नांगो नाच प्रस्तुत हुने लेकसाइडका डान्सबारको स्वरुप फेरिएको छ । यी क्षेत्रमा अहिले खुलेआम यौन लिला हुन छाडेको छ । जब यौन व्यवसाय यो ठाउँबाट हट्यो विभिन्न बाहानामा खुलेका होटल तथा रेष्टुरेन्ट पनि यहाँबाट पलायन भए ।

भिडियो हेर्नुहोस्ः

तर अहिले पनि पोखराका विभिन्न क्षेत्रमा यौन व्यवसाय संचालनमा छन । बाग्लुङ बसपार्क र लेकसाइडमा अखडा जमाएको यौन व्यवसायको अहिले ठाउँ परिवर्तन भएको छ,व्यवसय बन्द भएको छैन । पोखराका पूर्व अघोषित रेडलाईट एरियामा प्रहरीले उच्च सर्तकता अपनाउन थालेपछि पोखरा र आसपासका क्षेत्रहरुमा यस्तो धन्दा चल्न थालेको हो । बेला बेलामा प्रहरीले पोखराको हेम्जा, सृजनाचोक, लेकसाईडका केही होटल, लेखनाथमा सञ्चालित होटल तथा सार्बजनिक स्थलहरुबाट यौनकार्यमा सम्लग्न जोडी नियन्त्रणमा लिने गरेको छ । होटलहरुमा प्रहरीको निगरानी बढेपछि सर्वजनिक स्थल, जंगल तथा एकान्त स्थानहरुमा यौन कृयाकलापहरु बढेका छन् । अहिले पोखराका केही रमणीय स्थल तथा पार्कहरुमा अस्वभाविक कृयाकपाल गर्दै गरेका युवा युवती तथा यौन जोडिहरु भेटिने कुरा सामान्य भैसकेको छ । पछिल्लो समय होटलमा प्रहरीको निगरानीका कारण विभिन्न नाममा खुलेका मसाज सेन्टरमा यौनधन्दाले प्रश्रय पाइरहेको छ ।

यौनधन्दाको बाछिटा पोखरा बाहिरका होमस्टे तथा ग्रमिण इलाकामा समेत देखिएको छ । यी ठाउँहरु कर्लगर्ल हायर गरेर स्वर्ण रात विताउन चाहनेहरुको मुख्य गन्तव्य बन्न थालेको छ । भर्खर कलेज पढदै गरेका युवतीहरु समेत कर्लगर्ल पेशामा संलग्न रहेको प्रहरी तथ्याङकले देखाएको छ । साभार श्राेतः जनता समाचार

Purbeli TV

तपाईको प्रतिक्रिया