पुर्णको दुवै मृगौलाले काम गर्न छोड्यो, सहयोग माग्दै बिदेशमा भएकी श्रीमती सम्झेर यसरि भक्कानिए (भिडियो सहित)

ईटहरी/ मोरंग मिक्लाजुङ्ग ३ बसन्तचौकका पूर्ण बहादुर लिम्बु यतिबेला रोगले थला परेका छन । बिगत ९ महिना देखि दुवै मृगौलाले काम गर्न छोडेपछि उनि थला परेका हुन् । अहिले उनि मज्जाले यताउता हिडडुल गर्न पनि सक्दैनन् । पुर्ण लिम्बु ज्यामी काम गरेर आफ्नो परिवार चलाई रहेका थिए । केहि बर्ष यता उनकी श्रीमती पनि कमाउनका लागि कुबेत तिर लागिन । ज्यामी काम गरेर जसो-तसो परिबार चलाई रहेको पुर्ण बहादुर लिम्बुलाई एक्कासि मृगौलामा समस्या देखा परेपछि ९ महिनादेखि लागातार हस्पिटल धाईरहेका छन् ।

उनि भन्छन “हप्तामा दुइ पटक डाइलोसिस गर्नु पर्छ, हाल सम्म उपचारमा ७ लाख खर्च भैसक्यो” । उनकी श्रीमतिले कुबेतमा महिनाको ८० केडी कमाएको पैसाले अहिले सम्म धानेको छ तर पूर्ण बहादुर पूर्ण रुपमा ठिक हुन दुवै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ । जसको लागि सरकारले ५ लाख छुट गर्दापनि अझै १३ लाख खर्च लाग्ने पुर्णको छोरी बताउछिन । न्युन वर्गको परिवार भएकोले यति धेरै रकम जुटाउन सक्ने क्षमता नभएपछि मिडियालाई गुहार्नु परेको पुर्णको बहिनिले सुनाईन । यो उपचार सम्भब भए काठमाण्डौ नत्र भारतमै जानुपर्ने उनि बताउछन ।

त्यति धेरै बोल्न पनि नसक्ने पुर्णले “बाच्न चाहान्छु तर म संग, मेरो परिवार संग त्यत्रो रकम छैन सबैले मिलेर मलाइ सहयोग गरिदिनुस” आखा भरि आशु पार्दै हामि संगको कुराकानीमा सुनाए । घरबाट हस्पिटल धाउन टाढा भएपछी हाल पूर्ण बहादुर इटहरी ४ मा आफ्नो बहिनि, छोरा र छोरी संग साहारा लिई कोठा भाडा गरि बस्दै आएका छन । यदि सहयोगी नेपालिहरुले पूर्णलाई आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने उनको छोरी गङ्गा कुमारी लिम्बु को नाममा NIC ASIA मा रहेको बैंक एकाउन्ट 0487027779552401 मा जम्मा गर्न सकिनेछ । त्यस्तै पुर्णको अवस्था बुझ्दै आर्थिक सहयोग गर्न चाहनेहरुको लागि छोरी मोबाईल ९८१७३४३६१२ र बाहिनि को मोबाईल नबर ९८२९३५१२१९ मा सिधा सम्पर्क गरेर सहयोग हस्तान्तरण गर्न सक्नुहुनेछ । तपाईको सानो सहयोगले कसैलाई नया जिन्दगि मिल्छ भने सकेको सहयोग गर्नुहोला ।

Subscribe Purbeli TV

तपाईको प्रतिक्रिया