पानीको फोका झैं फुट्याे श्रीमानसंगै बसेर व्यापर गर्ने कमलाकाे सपना

श्रीमान सुध्रिएर आउँछन् अनि सँगै बसेर राम्रो ब्यावसाय गरौँला भन्ने सुन्दर सपना बोकेकी मोरङ उर्लाबारी–३ की कमला तामाङको सपना पानीको फोका झैं फुटेको छ । अत्याधिक मदिरा सेवन गर्ने श्रीमान विष्णु तामाङ ‘च्याङ्वा’ लाई उनले साउन ११ गते ३७ हजार ४ सय खर्चेर उर्लाबारी–५ स्थित जीवन बचाऊ उपचार गृहमा पुर्याइन । तर १४ गते राति १२ बजे आएको एउटा फोनको घण्टीले कमलाको सपना टुट्यो ।

फोनमा श्रीमानको मृत्युको खबर जोडिएको थियो । सपना देखिरहेकी कमलाको मध्यरातमा देखिरहेको सपना मात्र टुटेनन् । त्यही खबरले सधैँका लागि जीवनसंगी पनि गुमाउनु पर्याे । कमलालले भनिन् ‘यति चाँडै उहाँ बित्नुहुन्छ भन्ने कल्पना पनि गरेको थिइनँ, आखिर जे नहुनु थियो त्यही भयो ।

भिडियाेः

तपाईको प्रतिक्रिया

Loading...