पशुपति शर्माको नयाँ गीत ‘क्या उत्तानो पार्‍यो’[भिडियो हेर्नुहोस]

२०७२ सालमा आम नेपालीले भोगको समस्यालाई समेटेर पशुपति शर्माले नयाँ गीत ल्याएका छन् । ‘क्या उत्तानो पार्‍यो’ ।बैशाखमा आएको विनाशकारी भूइंचालोले शहरदेखि गाउँसम्म बस्नेलाई समस्यामा पारेको प्रसंगलाई समेटेर उनले गाएका छन् ।”शहर बस्छु भन्नेलाई नी गाउँ घर तीर झार्‍यो” यसमा उनलाई स्वरमा साथ दिएकी छिन् जानकी तारमी मगरले । भिडियोमा अभिनय पनि पशुपति र जानकीकै रहेको छ । मुलुकमा भईरहेको समस्यालाई दुरुस्तै गीतमा प्रस्तुत गर्न सिपालु गायक मानिन्छन् पशुपति शर्मा ।

यसपालीको गीतमा भूकम्पको विनाशदेखि नाकाबन्दीको असर समेतको चर्चा गरेका छन् उनले । ‘२०७२ सालले धेरै नेपालीलाई विचल्ली बनायो त्यहि कुरा समेटेर मैले गीत गाएँ ।

तपाईको प्रतिक्रिया

Loading...