पथरी काण्ड : किन लाग्यो एकाएक प्रहरी विरुद्ध नाराजुलुस (भिडियाे)

पथरी । फितलो प्रशासनका कारण मोरङको पथरीशनिश्चरेमा दिनप्रतिदिन हत्या र हिंसा बढेको भन्दै पथरीका ब्यबसायी सहित स्थानीय सडकमा उत्रिएका छन । सडकमा टायर बालेर प्रहरी बिरुद्ध उनीहरुले नाराबाजी समेत गरेका छन । बिरोधका कारण पुर्बपश्चिम राजमार्ग समेत केही घण्टा अबरुद्ध भएको छ । सडक जाम गर्ने क्रममा प्रहरी र स्थानीयबिच झडप समेत भएको छ । शनिबार बिहान नग्न अबस्थामा मृत फेला परेकी रिना बस्नेतका आफन्त र स्थानीय बासिन्दाले प्रहरीबिरुद्ध प्रर्दशन गर्नुका हत्यारा पक्राउ गर्न माग समेत गरेका छन ।

शुक्रबार राति पथरी १ मा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ बर्षिया रिना बस्नेतको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही नगरेको भन्दै पथरी अशान्त बनेको हो । र्दशनमा उत्रिएका स्थानीयले नाराबाजी सहित राजमार्ग बन्द गरेका हुन । यसअघि पनि पथरीमा भएका पाँच वटा घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । ईलाका प्रहरी कार्यलय पथरीका प्रहरी निरिक्षक कमल बजगाँई बिरुद्ध समेत स्थानीयले नाराबाजी गरेका छन ।

दिनप्रदिन पथरी अशान्त बन्दै गएपनि प्रहरीको निकम्मापनको कारण कुनैपनि घटनामा प्रहरीले दोषीलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीयले बजगाँईको सरुवा हुनुपर्ने माग समेत अघि सारेका छन ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…