पत्रकारकाे प्रश्नमा किन एकाएक आक्रोशित बने श्रीनिवास | पूर्व राजा जस्तै पूर्व नेपाली बनाउनेमा चिन्ता (भिडियाे)

इटहरी / धर्मगुरु आचार्य श्रीनिवासले हिन्दु राष्ट्र पुनस्थापनाका लागि आन्दोलनको तयारी गरेको बताएका छन । जनभावना विपरित केही नेताहरुका कारण मुलुकलाई धर्म निरपेक्ष बनाइएको आरोप लगाउदै हिन्दुधर्म रक्षाको लागि देशभर आन्दोलनको तयारी भईरहेको बताए हुन् । सुनसरीको इटहरीमा पत्रकार सम्मेलनकाे अायाेजना गर्दै देशमा हिन्दुधर्म विरोधीहरुको चलखेल बढेको कारण देशभरका जिल्लाबाट आन्दोलनको तयारी भएको श्रीनिवासार्चायले बताए ।

विश्वको एक मात्र हिन्दुराज्य नेपाललाई धर्मनिरिपेक्षको आडमा डलरको खेती बढीरहेको कारण अाफुहरू आन्दोलन गर्न बाध्य भएकाे बताएका हुन् । उनले आगामी जेष्ठ ६ गते सनातन युवा मञ्च नेपालको आयोजनामा सुनसरीको इटहरीमा धार्मिक सभा आयोजना गरिने बताएका छन् ।

धर्म सभामा अन्य धर्मका धर्मगुरुका साथै विभिन्न पाटीका केन्द्रीय नेताहरुको समेत उपस्थिती रहेको समेत उनले बताए । पत्रकार सम्मेलनमा सनातन युवा मञ्च नेपालका केन्द्रीय अध्यक्ष नवराज ढकाल लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

Loading…