नेपाल आइडलबाट बाहिरिएका अफसर अलिले ल्याए मर्म स्पर्शी गीत “यहि मुटु हो ” (भिडियो सहित)

नेपाल आइडल बाट चर्चामा आएका अफसर अलिको स्वरमा अत्यन्तै मर्म स्पर्शी आधुनिक गीत बजारमा आएको छ । विजय अर्यालको लय शब्दमा तयार गरिएको आधुनिक गीत “यहि मुटु हो” को दृश्य निर्माण अविरल फिल्म्सले गरेको हो । म्युजिक भिडियोको निर्देशन सम्पादन छायांकन बिष्णु भट्टराईले गरेका छन् भने बजार व्यवस्थापन अविरल फिल्म्सले नै गरेको छ ।

पाल्पाको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा श्रीन्गार संगुन शर्माको रहेको छ भने गीतमा आशिका अधिकारी, ओम हरि आचार्य , विजय अर्याल र कुलचन्द्र पुरीको अभिनय रहेको छ , यस भन्दा पहिले दर्शक श्रोताको मन जित्न सफल सर्जक विजय अर्यालको यो भने पहिलो आधुनिक गीत हो, हेरौ आजै मात्रै सार्बजनिक गरिएको आधुनिक गीत “यहि मुटु हो” । आलाप रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको गीतमा झलक संगीतमको एरेन्ज रहेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…