नेकपा नेता याेगेन्द्र हत्या प्रकरण : बाेरामा रमिलाकाे शब भेटिएपछी महिलाहरूकाे यस्ताे आक्रोश (भिडियाे)

नेकपा नेता याेगेन्द्र हत्या प्रकरण : बाेरामा रमिलाकाे शब भेटिएपछी महिलाहरूकाे यस्ताे आक्रोश : इटहरी । मोरङको बेलबारी ४ बाट गत फागुन १७ गते शुक्रबार रातिबाट हराईरहेकी २६ बर्षिया रमिला राईको स्थानीय नेकपाका नेताद्धारा हत्या गरी कोशीमा फालिएको शव फेला परेको छ । हत्या भएको २६ दिनपछि सेतो बोरामा हात खुट्टा बाधिएको अवस्थामा राईको शव बुधबार कोशी ब्यारेजबाट फेला परेको हो ।

राईको हत्या आरोपमा पक्राउ परेका बेलबारीका योगेन्द्र गुरुङको बयानका आधारमा सुनसरी प्रहरीको सहयोगमा मोरङ प्रहरीले राईको शव खोज्न एक साता बढी विशेष टोलि परिचालन गरिएपनि बुधबार कोशी ब्यारेजका स्थानीय युवाहरुको सहयोगमा राईको शव सप्तकोसी नदि बाट फेला पारिएको हो । नदिमा बोरामा शव देखेपछि स्थानीयहरुले प्रहरी लाई खबर गरेका थिए । पछि स्थानीय प्रहरीको अनुरोधमा कोशी ब्यारेजका तीनजना युवकले उक्त महिलाको शव करिब डेढ घन्टा लगाएर डुङ्गाको सहयोगमा नदिबाट बाहिर निकालेका थिए । यता मोरङको सुन्दरहरैचामा अबस्थित सुकुना बहुमुखी क्याम्पसमा दुई बिद्यार्थी संगठन बिचको द्धन्दका क्रममा महिला संघकी कमलादेबी अधिकारी लगायतले रमिला हत्या बिषयमा नालायक सरकार मुर्दाबाद भन्दै चर्काे चर्को नाराबाजी समेत गरेका छन ।

तपाईको प्रतिक्रिया