निषेधाज्ञा टेरेनन् स्थानीयले, सडकमै शव राखेर प्रदर्शन (भिडियाे ग्यालरी)

बिराटचाेक / स्थानीय प्रशासनले मोरङको विराटनगर–विराटचौक सडक खण्ड अन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको विराटचौकदेखि बेलेपुरसम्मको लगभग साढे तीन किलोमिटर क्षेत्रमा जारी गरेको निषेधाज्ञालाई स्थानीय बासिन्दाले उल्लंघन गरेका छ । टिपरको ठक्करबाट बालिकाको मृत्यु भएको घटनाले उग्ररुप लिएपछि साढे तीन किलोमिटर क्षेत्रलाई लक्षित गरेर विहान ११ः१५ बजेबाट निषेधाज्ञा जारी गरिएको थियो । यस विषयमा थप निर्णय लिनका लागि जिल्ला सुरक्षा समिति मोरङको आपतकालिन बैठक विराटनगरमा बसिरहेको छ ।

निषेधाज्ञाको कुनै पनि प्रवाह नगरिकन आक्रोसित बनेका स्थानीय बासिन्दाले भने टिपरको ठक्करबाट मृत्यु भएकी बालिकाको शव सडकमै राखेर प्रदर्शन गरिरहेका छन् । उनीहरुले शव उठाउन अस्वीकार गर्दै प्रदर्शन र नारावाजीलाई जारी राखेका छन् । ठाउँठाउँमा टायर बालेर गरिएको प्रदर्शनले स्थिती थप तनावपूर्ण बन्दै गएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…