निशान भट्टराई युटुब ट्रेण्डिङको अग्र स्थानमा (भिडियो सहित)

भदौ २७ , ईटहरी/ नेपाली संगीत दुनियामा तहल्का पिटेको नेपाल आईडलको यतिबेला बिजेता को हुने हो भनेर सर्बत्र चासोको बिषय बनिरहेको छ । हिजो मात्र अन्तिम भोट अपिलको लागि आफ्नो आफ्नो ठाउमा पुगेका प्रतिष्पर्धीहरु मध्य अहिले निशान भट्टराई लोकप्रिय बनिरहेका छन ।

हेर्नुस भिडियो :


बिराटनगरको कार्यक्रम सकेर ईटहरी आएका निशान उनको प्रतीक्षामा रहेका जनलहर देखेर छक्क परे । होहल्लाको कारण स्टेजमा चडेर ट्र्याकमा गीत गाउन त पाएनन नै उनी स्टेज बाहिर निस्किदा पनि समस्यामा परे । उनको सुरक्षामा खटिएकाहरुले समेत भिड नियन्त्रण गर्न सकेनन । भिड थाम्न हम्मे हम्मे परेपछि उनको सुरक्षाको लागि ईटहरी प्रहरी चौकी सम्म पुर्याउनु परेको थियो ।

हाल त्यही सम्बन्धित भिडियो युटुब ट्रेण्डिङको ५ औ स्थान सम्म पुगेको छ भने २४ घण्टा भित्र सकारात्मक प्रतिक्रिया दिदै १ लाख भन्दा बढिले भिडियोलाई हेरेका छन ।

तपाईको प्रतिक्रिया

Loading...