नायक दयाहाङ राईकी श्रीमतीको नयाँ गीत ‘जुनी भरिसँगै जिउँला’ सार्वजनिक (भिडियोसहित)

चर्चित नायक दयाहाङ राईको नयाँ गीत सार्वजनिक भएको छ । नायक दयाहाङ राईकी श्रीमती बेनुका राईको आवाज रहेको ‘जुनी भरिसँगै जिउँला’ बोलको गीत सार्वजनिक भएको हो ।
यस गीतमा गायिका राईलाई गायक भुपु पाण्डेले साथ दिएका छन् ।यस गीतमा राजेश अर्यालको शब्द र संयोजन भुपु पाण्डेको संगीत रहेको छ। गीतको भिडियोमा भने सागर थापा र मनिषा तामाङ फिर्चड छन् । अनिलकृष्ण मानन्धरले निर्देशन गरेको यो गीतको भिडियोमा अभिनाश मानन्धरको छायांकन रहेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया