तपोवनमा स्वामी आनन्द अरूणको सुक्रकिट प्रसादको रुपमा प्रयोग हुन्छः अंशु कविरा (भिडियाे)

ओशो तपोवन नेपालका ओशो सन्यासीहरूका निम्ती आस्थाको केन्द्र एवं पवित्र धार्मिक आध्यात्मीक स्थलको रूपमा परिचित छ । तपोवन नेपालमात्र नभएर विश्वभर रहेका अध्यात्मप्रेमी साधकका लागि अध्यात्मक केन्द्र तथा ध्यान केन्द्रको रूपमा स्थापित छ । यसको शाखा काठमाडौंको तपोवनमा मात्र नभएर पोखराको उपवन र लुम्बिनीको जेटवनमासमेत रहेको छ ।

असन्तुष्ट साधकहरूमध्ये केहिले आफ्नो परिचय लुकाएर त केहिले खुलेरै अपारदर्शिता, भ्रष्टाचार तथा कुकर्मको भन्डाफोर गर्ने भन्दै सक्रियता देखाएका छन् । स्वामी देव सुन्दर, अंशु कविरा (अंशु गुरुङ) लगायत विभिन्न ओशो सन्यासीहरूले स्वामी आनन्द अरुणमाथि खुलेरै आरोप लगाएका छन् । नेपाल आजसँगको भिडियो कुराकानीमा उनीहरुले स्वामी आनन्द अरुणमाथि यसप्रकारका आरोप लगाएका छन्ः साभार श्राेतः नेपालअाजबाट

अंशु गुरुङले दिएको अन्तर्वार्ताको सम्बन्धमा ओशो तपोवनकाे यस्ताे भनाइ रहेकाे छ

सो अन्तर्वार्ताको २२ः१८औ मिनेटमा उपेन्द्र महतोले बनाएको भवन उहा“को दान स्वरुप बनाइदिएको भवन व्यक्तिगत सम्पति भएकोले सो बारेमा कुनै विवाद उठाउने अनावस्यक र गलत भएको ।

ओशो तपोवन ध्यान साधना स्थली भएकोले स्वेच्छाले ध्यान साधना गर्न आउने व्यक्तिले तपोवनलाई मन पराएपछि यहा“ बसी आश्रमको काममा सहयोग गर्दै साधना गर्न पाउ“m भनी सामान्य निवेदन कार्य समितिबाट स्वीकृत भएमा बस्न पाउने व्यवस्था छ । विहान र बेलुका ध्यान गर्ने, भोजन र वासको व्यवस्था तपोवन मै हुन्छ । यो व्यवस्थामा आउने जो कोहीले पनि आÏनै इच्छाले स्वविवेकको प्रयोग गरी निर्णय गरेको हुन्छ ।

ओशो तपोवनमा लामो समयसम्म बसी ध्यान गर्न आएका साधकहरुको अनुरोध स्वरुप वहा“हरुले निश्चित समय स्वयम सेवकका रुपमा स्वेच्छाले श्रमदान गरेबापत आवास, भोजन र पकेट खर्च बापत केही रकम समेत प्रदान गर्ने गरिएको छ । साथै केही व्यवसायिक कामदारहरु रहेको र वहा“हरुलाई कामको प्रकृति र योग्यता अनुसार आवास र भोजन सहित यथोचित मासिक वेतन पनि दिने गरिएको छ । श्रम शोषणको आरोप झुटा हो ।

सो अन्तर्वार्ताको २७ः००औं मिनेटमा यौन शोषणको कुरा उठाइएको छ । अन्तर्वार्ता दिनेले थाहा छैन, हल्ला छ, त्यस्तै सुनिन्छ, एक जनाले भनेको सुनेको भनी स्वामी आनन्द अरुणज्यूको शुव्रmकिट प्रसादको रुपमा बाडिन्छ भन्ने झुटा, कपोल्कपित, कहिल्यै नसुनेको, कल्पना गर्न समेत नसकिने घृणित आरोप बदनाम गर्ने हेतुले दिएको देखिन्छ । यसरी पटकपटक थाहा छैन, हल्ला छ, त्यस्तै सुनिन्छ भनी अन्तर्वार्ता दिनेले भनेको कुरा हेडलाइनको रुपमा आÏनो पोर्टलको फ्रन्ट मै राखी व्यक्तिगत मानहानी र बदनामी गर्ने तुच्छ काम नेपाल आजले गरेकोमा आपत्ति छ ।

सो अन्तर्वार्ताको ३०ः००औं मिनेटमा स्वामी आनन्द अरुणज्यूलाई बेइज्जती गर्ने, बलत्कारीको रुपमा चित्रण गर्ने, हल्ला सुनेको भन्दै चरित्र हत्या गर्ने प्रयास गरकोमा आपत्ति छ । विदेश लाने भन्ने प्रलोभनमा पारेर यौन शोषण गर्ने भन्ने भ्रामक प्रचार गरेको हाम्रो घोर आपत्ति छ ।

ओशो तपोवनमा कुनैपनि व्यक्तिले कसैलाई कुटपिट तथा हत्या गरेको भन्ने आरोप सत्प्रतिसत गलत छ । तर त्यस्ता मनोगढन्ते कुरा गरेर लाखौं व्यक्तिको आस्थाको केन्द्रलाई बदनाम गर्न खोज्ने व्यक्ति तथा समूहको यस्ता कार्य तुरुन्तै रोकिनु पर्दछ र नेपालको विद्यमान कानुन अनुसार सजायको भागी हुनुपर्दछ ।

अन्तर्वार्ता दिने स्वयम् पनि महिला रहेको र ओशो तपोवन आइरहने गर्नुहुन्थ्यो । यदी ओशो तपोवनमा आरोप अनुसारको कुनै प्रकारको महिला प्रति यौन हिंसा भएको भए प्रमाण सहित पेश हुनु प¥यो । तर त्यस्ता मनोगढन्त कुरा गरेर सामाजिक सञ्जाल तथा अनलाइनमा प्रकाशीत गरी लाखौं व्यक्तिको आस्थाको केन्द्रलाई बदनाम तथा चरित्रहत्या गर्न खोज्ने व्यक्ति वा समूहको यस्ता कार्य तुरुन्तै रोकिनु पर्दछ र नेपालको विद्यमान कानुन अनुसार सजायको भागी हुनुपर्दछ ।

नेपाल सरकारले रातो किताब मार्फत बजेट व्यवस्था गरी ओशो तपोवन परीसर भित्र पर्ने सडक एक सार्वजनिक धार्मिक संस्था भएकोले नेपाल सरकारले सहयोग स्वरुप निर्माण गरिदिएको हो र यसले ओशो तपोवनको पारदर्शिता र विश्वसनियता पुष्टि गर्दछ । निज अंशु गरुङ्गको प्रमाणहिन सबै आरोप ओशो तपोवनको निरन्तर विकास र समृद्घि प्रतिको जलन र इष्र्याको उपज देखिन्छ ।

ओशो तपोवनको नाममा कि. नं १३६ को क्षेत्रफल २५ रोपनी १ आना ३ पैंसा र कि.नं. १ को क्षेत्रफल १७ रोपनी १२ आना गरी दुइ कित्ताको कुल क्षेत्रफल ४२ रोपनी १३ आना ३ पैसा रहेकोमा आरोपीको १७ रोपनी मात्र रहेको बा“की १०० रोपनी जती कब्जा गरेको भन्ने आरोप पूर्णरुपमा निराधार रहेको समेत अनुरोध गर्दछौ । यस ओशो तपोवनका सम्पूर्ण भौतिक संंरचनाहरु तपोवन कै जग्गा भित्र निर्माण भएका छन् ।

तथ्यगत रुपमा प्रस्तुत नभई पटकपटक थाहा छैन, हल्ला सुनेको, त्यस्तै कुरा छ भन्दै दिएको एक घण्टा लामो तथ्यहीन प्रयोजित देखिने ओशो तपोवन तथा स्वामी आनन्द अरुणमाथि व्यक्तिगत आरोप र लाञ्छनाले भरिएको अन्तर्वार्ताको प्रसारणको औचित्य प्रसारणकर्ताले प्रष्ट पार्नु पर्ने ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…